काठमाडौं उपत्यकामा भूकम्पको धक्का
प्रकाशित मिति : कार्तिक २५, २०७७ मंगलबार

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो साढे चार बजेतिर उपत्यकामा भूकम्पको धक्का महशुस गरिएको हो ।
धादिङ जिल्लाको छत्रे देउराली आसपास केन्द्रबिन्दु भएर ३.८ रिक्टरस्केलको भूकम्प गएको मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का धादिङ र काठमाडौं उपत्यकामा समेत महसुस भएको थियो ।