उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण अस्वीकार्य


प्रकाशित मिति : बैशाख १९, २०७४ मंगलबार

जापानी प्रधानमन्त्री सिन्जो आबेले उत्तरी कोरियाले हालै गरेको व्यालेस्टिक क्षेप्यास्त्र परीक्षण पूर्णरुपमा अस्वीकार्य भएको बताउनुभएको छ । लन्डनको भ्रमणमा रहनुभएका आबेले उत्तर कोरिया एक गम्भीर खतरा भएको बताउनुभएको छ ।

अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले प्योङयाङविरुद्ध कडा कदम चाल्नुपर्ने बताउनुभएको केही समयपछि नै उत्तर कोरियाले पुनःएउटा व्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो ।

तर उक्त परीक्षण सफल भने हुनसकेन् । यसअघि यसै महिनामा उत्तर कोरियाले गरेको क्षेप्यास्त्र परीक्षण पनि विफल भएको थियो ।

यसप्रकार बारम्बार गर्ने क्षेप्यास्त्र परीक्षण जापानको लागि पनि खतरा भएको आबेले बताउनुभएको छ । उत्तर कोरियाको यस प्रकारको कार्यबाट विश्वको शान्ति र स्थायित्वमा नै गम्भीर सङ्कट आउने उहाँले रसिया र बेलायतको तीन दिने भ्रमणको अन्तिम दिन बताउनुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आफ्नो देशलाई दिएको यस चुनौतीलाई पूर्णरुपमा अस्वीकार गर्ने र यस्ता कार्यको कडा निन्दा गर्ने उहाँले बताउनुभएको छ ।

प्योङयाङबाट उत्तरमापर्ने प्याङगान प्रान्तको दक्षिणी क्षेत्रमा स्थानीय समयानुसार गत शनिबार बिहान ५ः३० मा गरेको यो व्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरिएको थियो ।

यसअघि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्र्म्पले पनि उत्तर कोरियाले बारम्बार गरेको परमाणु र क्षेप्यास्त्र परीक्षणले एउटा ठूलो द्वन्द्व निम्त्याउने चेतावनी दिँदै आउनुभएको छ ।

कुटनीतिक माध्यमबाट उत्तर कोरियाको विवादको समाधान गर्न खोजेको तर त्यसप्रकार समस्या समाधान खोज्नु अत्यन्त कठिन भएको पनि ट्रम्पले बताउनुभएको थियो । रासस ÷एएफपी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com