राष्ट्रपतिमा निर्वाचित भइसकेपछि बाइडेनको पहिलो सम्बोधन: ‘तोड्ने होइन जोड्ने काम गर्छु’


प्रकाशित मिति : कार्तिक २२, २०७७ शनिबार

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले तोड्ने होइन, एकअर्कालाई जोड्ने काम गर्ने बताएका छन् ।

राष्ट्रपतिमा निर्वाचित भएपछिको पहिलो सम्बोधनमा बाइडेनले भने – ‘मप्रति भरोसा देखाईएकोमा म धेरै खुसी छु। म यस्तो राष्ट्रपति हुने वाचा गर्दछु कि जसले तोड्नुको साटो जोड्ने काम गर्ने छ। जसले रातो र निलो रंगका राज्यहरु होइन, संयुक्त राज्य अमेरिका देख्नेछ । म तपाईंहरू सबैको विश्वास जित्नको लागि हृदयबाटै प्रयास गर्नेछु।’

बाइडेनले विशेष गरी अफ्रिकी अमेरिकी मतदाताहरूलाई धन्यवाद दिए । जसले मद्दतले सुरुवाती प्रतिस्पर्धामा पछाडि रहेका उनलाई सहयोग मिल्यो ।

बाइडेनले आफ्नो पहिलो काम कोरोना भाइरस महामारी नियन्त्रण गर्नु रहेको बताए । उनले सोमबार एउटा समूह घोषणा गर्ने, जसमा शीर्ष वैज्ञानिकहरू र विज्ञहरूले आफूहरुको महामारी नियन्त्रण योजनामा ​​काम गर्ने बताए । यो योजना जनवरी २१, २०२० देखि लागू हुनेछ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो विजय अमेरिकी जनाताको भएको र आफूले अहिलेसम्म कसैले प्राप्त नगरेको झण्डै साढे ७ करोड भोट प्राप्त गरेको बाइडेनले बताए ।

बाइडेनले ट्रम्प समर्थकहरूलाई सम्बोधन गरे। उनले अब अब तीतो कथनबाट टाढा रहने समय आएको बताए । एक अर्कासँग फेरि भेट्ने र सुन्ने समय आएको उनले बताए । प्रतिद्वन्द्वीलाई शत्रुको रूपमा व्यवहार गर्न रोक्नुपर्ने र आफूलाई मत नदिनेहरुका लागि पनि आफूले उत्ति नै मिहिनेतका साथ काम गर्ने बाइडेनले बताए ।

कमला ह्यारिस अमेरिकाको पहिलो महिला राष्ट्रपति बनेकाले उनको भाषण मुख्यतया ऐतिहासिक रह्यो । कमलाले अमेरिकाको पहिलो महिला उप राष्ट्रपति भए पनि अन्तिम नहुने बताइन् । आफ्नो जीतले देश भरका महिलामा कुनै कुरा असम्भव नभएको सन्देश दिएको बताइन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com