२०१६ मा ट्रम्पबिरुद्ध लडेका रिपब्लिकन जेब बुसले पनि दिए बाइडेनलाई बधाई


प्रकाशित मिति : कार्तिक २२, २०७७ शनिबार

अमेरिकी राष्ट्रपतिको चुनावबाट आवश्यक इलेक्टोरल कलेज मत सुरक्षित गरिसकेका जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति हुनेभएपछि २०१६ को चुनावमा डोनाल्ड ट्रम्पबिरुद्ध लडेका रिपब्लिकन जेब बुसले पनि बधाई दिएका छन् । जेब बुस फ्लोरिडाका पूर्व गभर्नर समेत हुन् । जेब बुसले बाइडेनलाई बधाई दिदै भनेका छन् – ‘म तपाइँ र तपाइँको सफलता को लागी प्रार्थना गरीरहेछु। अब गहिरो घाउहरू निको पार्ने समय हो। धेरैले आफ्नो यात्रामा अगाडि बढ्न तपाईप्रति निर्भर छन् ।’

जेब बुस अमेरिकाका ४१ औं राष्ट्रपति जर्ज बुस सिनियरका छोरा हुन् ।

यसैबीच  बाइडेनलाई अमेरिकाको ४६ औं राष्ट्रपति हुनेभएपछि पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामाले बधाई दिएका छन् । बाइडेनले ओबामा कार्यकालमा उपराष्ट्रपतिका रुपमा काम गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ओबामाले आगामी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएका छन् । जर्जिया र अलास्काको अन्तिम परिणाम आउन बाँकी छँदै बाइडेनले नेभाडा र पेन्सिलभेनिया जितेर २९० इलेक्टोरल कलेज मत सुरक्षित गर्दै ह्वाइटहाउसको यात्रा सुनिश्चित गरेका हुन् ।

यो सँगै  कमला ह्यारिस अमेरिकाको पहिलो महिला उपराष्ट्रपति हुने भएकी छिन् । साथै कमला पहिलो अश्वेत र दक्षिण एसियाली मुलकी महिला उपराष्ट्रपति समेत हुने भएकी छिन् ।

अब आगामी डिसेम्बर १४ मा इलेक्टरहरुले अमेरिकी राष्ट्रपतिमा बाइडेनलाई औपचारिक रुपमा निर्वाचित गर्नेछन् । कम्तीमा २७० इलेक्टोरल मत प्राप्त गर्ने उम्मेदबार नै अमेरिकी राष्ट्रपति हुने प्रावधान रहेको छ ।

प्रतिबद्ध इलेक्टरहरुले आगामी डिसेम्बर १४ मा राष्ट्रपति र उपराष्ट्रपतिलाई मतदान गर्ने प्रावधान रहेको छ । सन् २०२१ जनवरी ६ मा संसदले इलेक्टोरल मतहरु एकीकृत गरेर अमेरिकी राष्ट्रपतिको घोषणा गर्नेछ । त्यसपछि सन् २०२१ को जनवरी २० मा अमेरिकी राष्ट्रपतिले सपथ ग्रहण गर्नेछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com