बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति हुने, कमला पहिलो महिला उपराष्ट्रपति


प्रकाशित मिति : कार्तिक २२, २०७७ शनिबार

अमेरिकी राष्ट्रपतिको चुनावबाट आवश्यक इलेक्टोरल कलेज मत सुरक्षित गरिसकेका जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति हुने भएका छन् । जर्जिया र अलास्काकाको अन्तिम परिणाम आउन बाँकी रहँदासम्म बाइडेनले नेभाडा र पेन्सिलभेनिया जितेर २९० इलेक्टोरल कलेज मत सुरक्षित गरेका छन् । यो सँगै  कमला ह्यारिस अमेरिकाको पहिलो महिला उपराष्ट्रपति हुने भएकी छिन् ।

अब आगामी डिसेम्बर १४ मा इलेक्टरहरुले अमेरिकी राष्ट्रपतिमा बाइडेनलाई औपचारिक रुपमा निर्वाचित गर्नेछन् । कम्तीमा २७० इलेक्टोरल मत प्राप्त गर्ने उम्मेदबार नै अमेरिकी राष्ट्रपति हुने प्रावधान रहेको छ ।

प्रतिबद्ध इलेक्टरहरुले आगामी डिसेम्बर १४ मा राष्ट्रपति र उपराष्ट्रपतिलाई मतदान गर्ने प्रावधान रहेको छ । सन् २०२१ जनवरी ६ मा संसदले इलेक्टोरल मतहरु एकीकृत गरेर अमेरिकी राष्ट्रपतिको घोषणा गर्नेछ । त्यसपछि सन् २०२१ को जनवरी २० मा अमेरिकी राष्ट्रपतिले सपथ ग्रहण गर्नेछन् ।

पुन: मत: गणनाको प्रावधान

पेन्सिलभेनियामा यदि पहिलो र दोश्रो उम्मेदबारबीच शुन्य दशमलव ५ प्रतिशत वा त्यो भन्दा कम मतको अन्तर भएमा स्वतस् पुनस् मतगणना हुने प्रावधान छ । अन्यथा कुनै पनि डिस्ट्रक्टको तीनजना मतदाताले गणनामा गल्ती भएको अभियोगसहित पुनस् गणनाका लागि आइतबारसम्म अनुरोध पेश गर्नसक्छन् । त्यसका लागि कुनै मार्जिनको आवश्यकता हुँदैन ।

त्यस्तै मिसिगनमा यदि पहिलो र दोश्रो उम्मेदबारबीच २ हजारभन्दा कम मतको अन्तर भएमा स्वतस् पुनस् मतगणना हुने प्रावधान छ । यदि पुनस् गणनाका लागि अनुरोध गर्नुपरेमा मतगणना पूरा भएको ४८ घण्टाभित्र गर्नसकिन्छ ।

विसकन्सिनमा ४ हजारभन्दा कम मत खसेको स्थानमा ४० भन्दा कम मतको अन्तर भएमा पुनस् गणनाका लागि अनुरोध गर्न सकिन्छ । ४ हजारभन्दा बढी मत खसेको स्थानमा १ प्रतिशत भन्दा कम मतको अन्तर भएको खण्डमा उम्मेदबारले पुनस् मतगणनाको अनुरोध गर्नसक्छन् । कुनै पनि पुनस् गणना १३ दिनभित्र पूरा गर्नुपर्ने प्रावधान रहेको छ ।

त्यस्तै एरिजोनामा १ प्रतिशतभन्दा कम मतान्तर रहेको खण्डमा स्वतस् पुनस् गणना हुन्छ । २५ हजारभन्दा बढी मतदान भएको स्थानमा २ सय भन्दा कम मतान्तर रहेमा पनि स्वतस् पुनस् गणना हुन्छ । त्यस्तै २५ हजारभन्दा कम मतदान भएको क्षेत्रमा मतान्तर ५० वा त्यो भन्दा कम छ भने पनि स्वतस् पुनस् गणना हुन्छ ।

जर्जियामा स्वतस् पुनस् मतगणनाको प्रावधान छैन । तर निश्चित अवस्थामा उम्मेदबार र अधिकारीहरुले पुनस् गणनाको अनुरोध गर्नसक्छन् । निर्वाचन अधिकारी वा जर्जियाका सेक्रेटरी अफ स्टेटले पनि कुनै गल्ती भेटाएको खण्डमा पुनस् गणनाको आदेश दिनसक्छन् ।

नेभाडामा मतगणना सकिएको ३ दिनभित्र पुनस् मतगणनाका लागि अनुरोध गर्न सकिन्छ ।

नर्थ क्यारोलिनामा निश्चित अवस्थामा पुनस् मतगणनाका लागि अनुरोध गर्न सकिने प्रावधान रहेको छ । १ प्रतिशतभन्दा कम मतान्तर रहेको खण्डमा पुनस् गणनाको अनुरोध गर्नसकिन्छ । मतगणना सकिएको एकदिनभित्र यस्तो अनुरोध गर्नुपर्छ ।

 

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com