अहिलेको अग्रता कायम रहे बाइडेनले ३०६ मतले चुनाव जीत्ने, इतिहासमा कस्को कति मत?


प्रकाशित मिति : कार्तिक २१, २०७७ शुक्रबार

अमेरिकी राष्ट्रपति चुनावमा मत परिणाममा अहिलेकै अग्रता कायम रहेमा जो बाइडेनले ३०६ इलेक्टोरल कलेज मतका साथ चुनाव जित्नेछन् । नेभाडा, जर्जिया र पेन्सिलभेनियामा बाइडेनको अग्रता रहेको छ ।

जर्जिया र पेन्सिलभेनियामा बिहिबारसम्म ट्रम्पको अग्रता रहेपनि शुक्रबार विहानबाट बाइडेनले उछिनेका हुन् । तर मतको अन्तर भने निकै कममात्र रहेको छ । झिनो मतान्तर भएका कारण जर्जियामा पुन मतगणना हुनसक्ने जनाइएको छ ।

नर्थ क्यारोलिना र अलास्कामा भने डोनाल्ड ट्रम्पको अग्रता रहेको छ । यी दुई राज्यमा जितेमा ट्रम्पले २३२ इलेक्टोरल मत ल्याउनेछन् । अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुनका लागि कम्तीमा २७० इलेक्टोरल मतको आवश्यकता पर्छ ।

सन् २०१६ को चुनावमा ट्रम्पले ३०४ इलेक्टोरल मत ल्याएका थिए भने २०१२ को चुनावमा बराक ओबामाले ३३२ इलेक्टोरल मत ल्याएका थिए । सन् २००८ को चुनावमा भने ओबामाले ३६५ इलेक्टोरल मत ल्याएका थिए ।

सन् २००४ को चुनावमा जर्ज डब्ल्यु बुसले २८६ इलेक्टोरल मत ल्याएका थिए भने २००० को चुनावमा उनले जम्मा २७१ इलेक्टोरल मत ल्याएका थिए । सन् १९९६ को चुनावमा विल क्लिन्टनले ३७९ इलेक्टोरल मत ल्याएका थिए भने १९९२ मा उनले ३७० इलेक्टोरल मत ल्याएका थिए ।

सन् १९८८ मा जर्ज बुस सिनियरले ४२६ इलेक्टोरल मत ल्याए । सन् १९८४ मा रोनाल्ड रेगनले ५२५ इलेक्टोरल मत ल्याएका थिए । उनले सन् १९८० को चुनावमा उनले ४८९ इलेक्टोरल मत ल्याएका थिए ।

१९७६ मा जिम्मी कार्टरले २९७ र १९७२ मा रिचर्ड निक्सनले ५२० इलेक्टोरल मत ल्याएका थिए । १९६८ मा भने निक्सनले ३०१ इलेक्टोरल मत ल्याएका थिए । जोन अफ केनेडीले ३०३ इलेक्टोरल मतले चुनाव जीतेका थिए भने फ्यांकलिन रुजभेल्टले १९३६ को चुनाव ५२३ इलेक्टोरल मतले जितेका थिए ।

अमेरिकी इतिहासमा सबैभन्दा धेरै इलेक्टोरल मत ल्याउने राष्ट्रपति रोनाल्ड रेगन हुन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com