कोरोना भाइरसको महामारीको समयमा होटलमा बस्नु सुरक्षित होला ?


प्रकाशित मिति : कार्तिक २१, २०७७ शुक्रबार

कोरोनाभाइरसको महामारी चलिरहेका बेला होटलमा बस्नु सुरक्षित होला की नहोला रु अहिले धेरै मानिसलाई यो प्रश्नले सताइरहेको पाइन्छ।

अमेरिकी रोग नियन्त्रण तथा निवारण केन्द्रले यस बारेमा धारणा सार्वजनिक गर्दै स्पष्ट पारेको छ। उसका अनुसार कोरोनासँग सुरक्षित रहनका लागि होटलमा बस्नुभन्दा घरमा बस्नु नै सुरक्षित हुनेछ। यदि तपाई यात्रामा हुनुहुन्छ भने होटलमा बस्नुपर्ने बाध्यता हुनसक्छ,ु केन्द्रले भनेको छ।

त्यसैगरी संयुक्त रुपमा भाडाको घरमा वा फ्ल्याटमा बस्नुहुन्छ भने पनि घरमै बस्नु भन्दा होटलमा बस्नु ठिक हुने केन्द्रको ठहर छ। तर आफ्नै घर हो, फ्ल्याट पनि छुट्टै छ भने घरमै बस्न सुझाव दिने गरेको केन्द्रका अधिकारीहरुले बताएका छन्। सँगसँगै खाने, सँगसँगै सुत्ने वा शौचालय पनि साझा हुने होटल तथा लजहरु सबैभन्दा असुरक्षित हुने उनीहरुको भनाइ छ।

होटलमै बस्नु परेमा वा भाडाका ठाउँहरुमा बस्नु परेमा कम्तिमा ७२ घण्टाभन्दा पछाडि कोही बसेको छैन भन्ने सुनिश्चित गरेर मात्रै बस्न पनि केन्द्रका चिकित्सकहरुले सुझाव दिएका छन्। त्यसरी बस्नु अगाडि पर्याप्त सेनिटाइजेसन गर्न वा किटाणु मार्ने उपायहरु गर्न क्यालिफोर्निया विश्वविद्यालयका संक्रमण विज्ञ डा। नतास्चा टुज्निकको जोड छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

धेरै छोइने तथा प्रयोग हुने ढोका, झ्याललगायतका ठाउँमा साबुन पानी वा अन्य साबुनजन्य पदार्थले सफा गर्न वा कोठामा हावा खेल्ने बनाउन पनि उनले सुझाव दिएकी छन्। भाडामा बसिएका कोठामा पनि होटलका कोठाभन्दा धेरै सफा, सुरक्षित र हावा धेरै खेल्ने हुन सक्छ।

होटलमा बस्दा सबै सुरक्षाका उपायहरु के कत्तिको अवलम्बन गरिएको छ, सरसफाइको प्रक्रिया के छ, सामाजिक दुरी कायम गरिएको छ की छैन, साझा ठाउँ तथा सामग्रीहरुको प्रयोग भएको छ की छैन जस्ता विषयमा पनि ख्याल गर्न उनले आग्रह गरिन्। एपी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com