जर्जियाको बाँकी मतपरिणाम अब भोलिमात्रै


प्रकाशित मिति : कार्तिक २१, २०७७ शुक्रबार

जर्जियाको बाँकी मतपरिणाम अब भोलिमात्रै जानकारी गराइने भएको छ । जर्जियाका सेक्रेटरी अफ स्टेटका प्रेस सेक्रेटरीले बाँकी मतपरिणाम भोलि शुक्रबार विहान सार्वजनिक गरिने बताएका हुन् ।

जर्जियाका कम्तीमा ३ वटा काउन्टीमा भोलि विहानसम्मका लागि मतगणना स्थगित भइसकेको छ । अहिले राती भएका कारण अब बाँकी मत भोलि गणना गर्ने गरी ती काउन्टीहरुमा मतगणना स्थगित गरिएको हो ।

मत गणना स्थगित गरिएकाहरुमा कब काउन्टी र टेलर काउन्टी समेत छन् । त्यस्तै ग्वीनेट काउन्टीमा पनि मतगणना स्थगित गरिएको छ ।  कब काउन्टीमा ७ सय, टेलर काउन्टीमा ४५६ र ग्वीनेट काउन्टीमा ४८ सय मत गणना गर्न बाँकी छ । कब काउन्टी र ग्वीनेट काउन्टीमा अधिकतम मत बाइडेनका पक्षमा देखिएका छन् भने टेलर काउन्टीमा ट्रम्पका पक्षमा देखिएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बाइडेनको पक्षमा अत्याधिक मत रहेको क्लेटन काउन्टी र ट्रम्पको पक्षमा अत्याधिक मत रहेको फोर्सिथ काउन्टीको बाँकी मतगणनाको नतिजा पनि भोलि आउने अपेक्षा गरिएको छ । क्लेटन काउन्टीमा ४३५५ र फोर्सिथ काउन्टीमा १५४५ मत गणना गर्न बाँकी छ ।

जर्जियामा झण्डै १४ हजार मतगणना गर्न बाँकी रहेको जनाइएको छ । गणना गर्न बाँकी रहेकामध्ये झण्डै ४ हजार मत ट्रम्पको पकड रहेको मानिएका क्षेत्रबाट र १० हजार मत बाइडेनको पकड रहेको मानिएका क्षेत्रबाट रहेका छन् ।

१६ इलेक्टोरल मत रहेको जर्जियामा मतको अन्तर शुन्य दशमलव १ प्रतिशत भन्दा पनि कम रहेको छ ।

जर्जियामा सेनाका सदस्यहरुले हुलाकमार्फत पठाएका मतपत्रहरु भने शुक्रबार बेलुका ५ सम्म प्राप्त भएपछि गणना सुरु गरिनेछ । तर त्यस्ता मतपत्र कति छन् भन्नेबारे केही बताइएको छैन ।

 

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com