दुई चर्चित ट्वीटः ‘गणना रोक’-ट्रम्प, ‘हरेक मत गणना गर’- बाइडेन


प्रकाशित मिति : कार्तिक २०, २०७७ बिहीबार

अमेरिकाका दुई राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्प र जो बाइडेनका दुईवटा ट्वीटहरु यतिबेलामा सामाजिक सञ्जालमा चर्चित बनेका छन् । जो बाइडेनले ‘हरेक मत गणना गर’ भन्दै ट्वीट गरेको एकदिनपछि ट्रम्पले ‘मतगणना रोक’ भन्दै ट्वीट गरेका छन् ।

बाइडेन हिजो उक्त ट्वीट गरेका थिए भने ट्रम्पले आज गरेका हुन् । ट्रम्पले उक्त ट्वीट गरेको केहीबेरमा रिट्वीट समेत गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्पले चुनावको मुख्य दिन नोभेम्बर ३ पछि गरेका कम्तीमा ९ वटा ट्वीटहरु ट्वीटरले फ्लाग गरेको छ ।

जर्जिया र मिसिगनमा राष्ट्रपति उम्मेदबार डोनाल्ड ट्रम्प अभियानका तर्फबाट मत गणना रोक्न आग्रह गर्दै दायर गरिएको मुद्दा खारेज गरिएको छ । जर्जियामा चुनावको दिनपछि प्राप्त मतपत्रहरु गणना नगर्न माग गर्दै रिपब्लिकनहरुले दायर गरेका मुद्दा न्यायाधिसले खारेज गरिदिएका हुन् ।

हुलाकबाट पठाइएका तर प्रकृयामा नलगिएका मतहरु प्रकृयामा लगिएका मतपत्रहरुसँग मिसाएको आफूहरुले देखेको भन्दै रिपब्लिकनले मुद्दा दायर गरेका थिए । तीनवटा मतपत्रको एउटा खात र ५३ वटा मतपत्रको अर्को खात मिसाइएको आरोप लगाइएको छ ।

त्यस्तै मिसिगनका राज्य न्यायाधिसले मत गणनाको निरिक्षण गर्न अर्थपूर्ण पहुँच हुनुपर्ने माग गर्दै ट्रम्प अभियानका तर्फबाट दायर गरिएको मुद्दा खारेज गरेका छन् । त्यतीबेलासम्मका लागि मतगणना रोक्न माग गर्दै मुद्दा दायर गरिएको थियो । तर न्यायाधिस सिन्थिया स्टेफनले ट्रम्प पक्षधरको अनुरोध अस्वीकार गरेको जनाइएको छ ।

त्यस्तै पेन्सिलभेनियामा ट्रम्प पक्षधरलाई मतगणना अझै नजिकबाट निरिक्षण गर्न अदालतले आदेश दिएकोमा उक्त आदेश उल्टाउन फिलाडेल्फियाका निर्वाचन अधिकारीहरुले राज्यको सर्वोच्च अदालतमा माग गरेका छन् । मुद्दामामलाका कारण आज दिउसो केहीबेर मतगणना अबरुद्ध भएको थियो ।

पार्टीका समर्थकहरुले नजिकबाट निरिक्षण गर्दा सुरक्षा र मतदाताहरुको गोप्यतालाई असर गर्ने निर्वाचन अधिकारीहरुले तर्क गरेका छन् । हुलाकबाट प्राप्त भएका मतपत्रहरुमा मतदाताहरुको विवरण समेत हुनेभएकाले नजिकबाट पार्टीका कार्यकर्ताले यस्ता त्यस्ता विवरणहरु थाहा पाउने तर्क गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com