नर्थ क्यारोलिना र नेभाडाको पूर्ण परिणाम अर्कोसातासम्म, ध्यान जर्जिया र पेन्सिलभेनियातिर


प्रकाशित मिति : कार्तिक २०, २०७७ बिहीबार

नर्थ क्यारोलिना र नेभाडाको अन्तिम चुनावी परिणाम आउन लामो समय लाग्ने भएपछि सबैको ध्यान जर्जिया र पेन्सिलभेनियातिर रहेको छ । नोभेम्बर ३ को पोष्टमार्क भएका र नोभेम्बर १२ सम्म हुलाकबाट आइपुगेका मतपत्रहरु समेत नर्थ क्यारोलिनामा गणना गरिनेछ ।

 

अहिले जर्जियामा जो बाइडेन र डोनाल्ड ट्रम्पबीचको भोट अन्तर कम हुँदै गएको छ । न्युयोर्क अनुशार बेलुका ६ बजेसम्मको परिणाम अनुशार जर्जियामा ट्रम्प झण्डै ९ हजार मतले अगाडि रहेका छन् । त्यस्तै पेन्सिलभेनियामा पनि दुई उम्मेदबारबीचको भोट अन्तर कम हुँदै गएको छ । यो समाचार तयार पार्दासम्म भोटको अन्तर ७९ हजारमा झरेको छ ।

बाइडेनले पेन्सिलभेनिया वा जर्जियामध्ये एउटा राज्य जीतेको खण्डमा अमेरिकी राष्ट्रपति चुनाव जित्नेछन् । दुबै राज्य नजितेको खण्डमा राष्ट्रपति चुनाव जित्न नर्थ क्यारोलिना वा नेभाडामध्ये एउटा जित्नुपर्नेछ ।

त्यस्तै ट्रम्पले राष्ट्रपति चुनाव जित्नका लागि नेभाडासहित पेन्सिलभेनिया, नर्थ क्यारोलिना र जर्जिया समेत जित्नुपर्छ । अलास्कामा भने रिपब्लिकनको पकड भएकाले ट्रम्पलाई जीत्न खास गाह्रो छैन । तर नेभाडा सन् २०१६ मा हिलारी क्लिन्टनले जितेको राज्य हो ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com