पेन्सिलभेनियामा भोट अन्तर एकलाखभन्दा कम


प्रकाशित मिति : कार्तिक २०, २०७७ बिहीबार

पेन्सिलभेनियामा जो बाइडेन र डोनाल्ड ट्रम्पबीचको भोटको अन्तर एकलाख भन्दा कममा झरेको छ । बाइडेनले ३१ लाख ४२ हजार मत प्राप्त गरेका छन् भने ट्रम्पले ३२ लाख ४० हजार मत प्राप्त गरेका छन् । पेन्सिलभेनियामा झण्डै ५ लाख मतहरु गणना गर्न बाँकी रहेको छ ।

अहिलेसम्म पेन्सिलभेनियामा ट्रम्पले अग्रता कायम गरेपनि हिजोदेखि आजसम्म मतको अन्तरमा उल्लेख्य कमी आएको छ । आज रातीसम्म पेन्सिलभेनियामा को विजयी हुन्छ भन्ने परिदृश्य स्पष्ट हुने अनुमान गरिएको छ ।

नर्थ क्यारोलिना र जर्जियामा पनि ट्रम्पको अग्रता कायमै रहेको छ । जर्जियामा ट्रम्प झण्डै १३ हजार मतले अगाडि छन् । जर्जियामा पनि मतको अन्तर कम हुँदै गइरहेको छ । नेभाडामा भने बाइडेन अगाडि छन् । त्यहाँ बाइडेन १२ हजार मतले अगाडि रहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अहिलेसम्मको अवस्था हेर्दा अमेरिकाभर बाइडेनका पक्षमा २६४ इलेक्टोरल कलेज मत र ट्रम्पका पक्षमा २१४ इलेक्टोरल कलेज मत देखिएको छ । अहिलेकै अग्रता कायम रहेको खण्डमा जो बाइडेनले राष्ट्रपति चुनाव जित्नेछन् । राष्ट्रपति चुनाव जित्नका लागि २७० इलेक्टोरल मतको आवश्यकता छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com