जर्जियामा साढे १३ हजार भोटको मात्र अन्तर, ५० हजार भोट गणना गर्न बाँकी


प्रकाशित मिति : कार्तिक २०, २०७७ बिहीबार

जर्जियामा जो बाइडेन र डोनाल्ड ट्रम्पबीच जम्मा साढे १३ हजार मतको अन्तर कायम भएको छ । ठ्याक्कै भन्दा १३ हजार ५ सय ३४ मतको अन्तर रहेको छ । प्रतिशतमा हेर्दा मत अन्तर जम्मा शुन्य दशमलव २ प्रतिशतमात्र रहेको छ । फुल्टन काउन्टीको मतगणना समाप्त भएपनि राज्यभर झण्डै ५० हजार मतगणना गर्न बाँकी रहेको जनाइएको छ ।

गणना गर्न बाँकी रहेका मतले अन्तिम परिणाम बदल्न सक्ने अझै सम्भावना रहेकाले परिणाम अनुमान गर्न अझै कठिन रहेको छ । अहिलेसम्म बाइडेनले २४ लाख २२ हजार र ट्रम्पले २४ लाख ३६ हजार मत प्राप्त गरेका छन् ।

विगतमा रिपब्लिकनको पकड क्षेत्र रहेको जर्जिया अहिले ब्याटलग्राउण्ड राज्यका रुपमा उदय भएको हो । जर्जियाबाट कुल १६ इलेक्टोरल मत प्राप्त हुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैबीच ६ वटा इलेक्टोरल मत रहेको नेभाडाको थप मत परिणाम आएको छ । पछिल्लो परिणाम अनुशार जो बाइडेनले ६ लाख ४ हजार २ सय ५१ मत प्राप्त गरेका छन् भने डोनाल्ड ट्रम्पले ५ लाख ९२ हजार ८ सय १३ मत प्राप्त गरेका छन् । यसअगाडिसम्म ८ हजारमतलेमात्र बाइडेन अगाडि रहेकोमा अब झण्डै १२ हजारको मतान्तर कायम भएको छ ।

बाइडेनले नेभाडा जितेमा अमेरकी राष्ट्रपति बन्नका लागि आवश्यक २७० इलेक्टोरल कलेज मत प्राप्त हुनेछ । नेभाडामा हारेको खण्डमा राष्ट्रपतिमा निर्वाचित हुनका लागि जर्जिया, नर्थ क्यारोलिना वा पेन्सिलभेनियामध्ये एउटा राज्यमा जीत हासिल गर्नुपर्नेछ । नेभाडाको परिणाम पनि निर्णायक बन्न सक्ने भएकाले अहिले नेभाडाले धेरैको ध्यानाकर्षण गरेको छ । २०१६ को चुनावमा नेभाडामा हिलारी क्लीन्टनले जीतेकी थिइन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com