नेभाडा लगायतका राज्यको बाँकी नतिजा अब बिहिबार विहान


प्रकाशित मिति : कार्तिक २०, २०७७ बिहीबार

अमेरिकी राष्ट्रपति चुनावमा नेभाडाको मत परिणामको पनि धेरैले अपेक्षा गरेका छन् । ६ वटा इलेक्टोरल मत रहेको नेभाडामा जो बाइडेनले जीतेमा ह्वाइट हाउस प्रवेशका लागि बाटो खुल्ने देखिएको छ । तर नेभाडाको बाँकी मत परिणाम बिहिबार विहानमात्र आउने भएको छ ।

सेक्रेटरी अफ स्टेटको चुनाव विभागले अब अर्को अपडेट बिहिबार विहानमात्र दिने बताएको हो । बुधबार बेलुकासम्म ७५ प्रतिशत मत गणना भइसकेको नेभाडामा बाइडेनले अग्रता कायम गरिरहेका छन् । २०१६ को चुनावमा नेभाडामा हिलारी क्लीन्टनले जीतेकी थिइन् ।

नेभाडामा व्यक्ति उपस्थीत भएर गरिएका अग्रिम मतदानका सबै मत गणना भइसकेका छन् । त्यस्तै चुनावको दिन हालिएका मत पनि गणना भइसकेका छन् । नोभेम्बर २ सम्म हुलाकबाट प्राप्त मतहरु पनि गणना भइसकेको जनाइएको छ ।

नोभेम्बर ३ मा र त्यसपछि हुलाकबाट प्राप्त मतपत्रहरु भने गणना गर्न बाँकी रहेका छन् । नेभाडामा झण्डै ६ लाखले हुलाकमार्फत मतपत्र पठाएर मतदान गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकाको हरेक राज्यको इलेक्टोरल मत संख्या

नर्थ क्यारोलिनाको पनि पूर्ण नतिजा आउन समय लाग्नेछ । नर्थ क्यारोलिनामा नोभेम्बर १२ सम्म हुलाकबाट प्राप्त मतपत्रहरु गणना गर्न सकिनेछ । ती मतपत्रहरुमा नोभेम्बर ३ वा त्यो भन्दा अगाडिको पोष्टमार्क हुनुपर्नेछ । तर झण्डै ९४ प्रतिशत मतगणना भइसकेको छ । अहिलेसम्म ट्रम्पले अग्रता कायम गरिरहेका छन् । नर्थ क्यारोलिनाबाट १५ इलेक्टोरल मत प्राप्त हुन्छ ।

पेन्सिलभेनियामा ८९ प्रतिशत मत गणना गरिएको छ । त्यसपछिको परिणाम सार्वजनिक गरिएको छैन । थप परिणाम आगामी घण्टाहरुमा आउने अपेक्षा गरिएको छ । पेन्सिलभेनियामा शुक्रबारसम्म हुलाकबाट आएका मतपत्रहरु गणना गरिनेछ । त्यसैले शतप्रतिशत मत गणनाका लागि शुक्रबारसम्म कुर्नुपर्नेछ ।

जर्जियामा मतगणना लगभग समाप्त हुन लागेको छ । अहिलेसम्म जर्जियामा झण्डै ९० हजारमात्र मतगणना गर्न बाँकी रहेको छ । अहिलेसम्म ९८ प्रतिशत मतगणना भइसकेको छ ।

अहिलेसम्मको मतपरिणाम अनुशार जर्जियामा डोनाल्ड ट्रम्पले ३३ हजार मतले अग्रता कायम गरिरहेका छन् । अर्थात् शुन्य दशमलव ६ प्रतिशतले बाइडेनभन्दा ट्रम्प अगाडि रहेका छन् ।

अहिलेसम्म जर्जियामा जो बाइडेनले २३ लाख ९५ हजारभन्दा धेरै मत ल्याएका छन् । डोनाल्ड ट्रम्पले २४ लाख २७ हजार भन्दा धेरै मत ल्याएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com