जर्जियामा ट्रम्प ३३ हजार मतले अगाडि, ९० हजार मत गणना गर्न बाँकी


प्रकाशित मिति : कार्तिक १९, २०७७ बुधबार

जर्जियामा मतगणना लगभग समाप्त हुन लागेको छ । अहिलेसम्म जर्जियामा झण्डै ९० हजारमात्र मतगणना गर्न बाँकी रहेको छ । अहिलेसम्म ९८ प्रतिशत मतगणना भइसकेको छ ।

अहिलेसम्मको मतपरिणाम अनुशार जर्जियामा डोनाल्ड ट्रम्पले ३३ हजार मतले अग्रता कायम गरिरहेका छन् । अर्थात् शुन्य दशमलव ६ प्रतिशतले बाइडेनभन्दा ट्रम्प अगाडि रहेका छन् ।

अहिलेसम्म जर्जियामा जो बाइडेनले २३ लाख ९५ हजारभन्दा धेरै मत ल्याएका छन् । डोनाल्ड ट्रम्पले २४ लाख २७ हजार भन्दा धेरै मत ल्याएका छन् । जर्जियामा एकप्रतिशतभन्दा कम मतान्तर रहेको खण्डमा उम्मेदबारले पुन: मत गणनाका लागि अनुरोध गर्न सक्छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जर्जियामा ट्रम्पले पुन: मतगणनाका लागि माग गर्नसक्ने देखिएको छ । तर यदि ट्रम्पले हारेको खण्डमा मात्र जर्जियामा पुन: मतगणनाको माग गर्ने तयारी भइरहेको जनाइएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com