पेन्सिलभेनिया र मिसिगनमा मतगणना रोक्न ट्रम्प पक्षको मुद्दा, विसकन्सिनमा पुन: गणनाको माग


प्रकाशित मिति : कार्तिक १९, २०७७ बुधबार

पेन्सिलभेनिया र मिसिगनमा मतगणना रोक्न डोनाल्ड ट्रम्पको अभियानका तर्फबाट मुद्दा दायर गरिएको छ । बुधबार ट्रम्प अभियानका तर्फबाट पेन्सिलभेनियाको मतगणना रोक्न अदालतमा मुद्दा दायर गरिएको हो । अहिलेसम्मको मत परिणाम अनुशार पेन्सिलभेनियामा ट्रम्पले लिड गरिरेका छन् । पेन्सिलभेनियामा अब झण्डै १० लाख मत गणना गर्न बाँकी रहेको जनाइएको छ ।

पेन्सिलभेनियामा पहिलो र दोश्रो हुने राष्ट्रपति उम्मेदबारबीच शुन्य दशमलव ५ प्रतिशतभन्दा कम मतान्तर भए पुन: मतगणना गरिने जनाइएको छ । पेन्सिलभेनियाका सेक्रेटरी अफ स्टेट क्याथी बुकभारका अनुशार पुन: मतगणना सम्भव भएपनि अवस्यंभावी भने नभएको बताएका छन् ।

सन् २०१६ को चुनावमा शुन्य दशमलव ७ प्रतिशत मतान्तर भएका कारण पुन: मतगणना गर्नुपरेको थिएन । तर यसपटक के हुन्छ त्यसका लागि भने बेलुकासम्म कुर्नुपर्नेछ ।

त्यस्तै मिसिगनमा पनि मतगणना रोक्न माग गर्दै ट्रम्प अभियानका तर्फबाट मुद्दा दायर गरिएको छ । मतपत्र खोल्ने र गणना गर्ने प्रकृयामा अवलोकनका लागि अर्थपूर्ण पहुच कायम नभएसम्म मतगणना रोक्न माग गर्दै मुद्दा दायर गरिएको उनीहरुले जनाएका छन् ।

उता जो बाइडेनले चुनाव जीतेको विसकन्सिनमा पुन: मतगणना हुनुपर्ने ट्रम्पको अभियानले माग गरेको छ । उनीहरुले विसकन्सिनमा पुन:  मतगणनाका लागि आग्रह गर्ने जनाएका छन् । विसकन्सिनमा मतान्तर शुन्य दशमलव २५ प्रतिशतभन्दा कम भएमा स्वत: पुन: मतगणना हुने प्रावधान रहेको छ ।

अमेरिकी राष्ट्रपति चुनावबारे सम्पूर्ण अपडेटका लागि यहाँ क्लीक गर्नुहोला ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com