मजदुरी गर्ने दलित महिला व्यावसायिक तरकारीखेतीतिर


प्रकाशित मिति : बैशाख १८, २०७४ सोमबार

दैनिक ज्यालादारी र मजदुरी गरी जीविकोपार्जन गर्दै आइरहेका डडेल्धुरा अमरगढी नगरपालिका–८ खनमडाका दलित महिला व्यावसायिक तरकारीखेतीतर्र्फ उन्मुख भएका छन् ।

जिल्ला कृषि विकास कार्यालय र जिल्लास्थित विभिन्न गैरसरकारी संस्थाले आर्थिक तथा प्राविधिक सहयोग दिन थालेपछि डडेल्धुरा अमरगढी नगरपालिका खनमडाका २७ परिवार दलित महिला व्यावसायिक तरकारीखेतीमा लागेको यहाँस्थित अनुकूलन परियोजनाले जनाएको छ । तरकारीखेतीका लागि नयाँ प्रविधि र सिँचाइको व्यवस्थासमेत मिलाइएको सो परियोजनाका जिल्ला संयोजक पुरन ऐरले जानकारी गराउनुभयो ।

पुरुषहरु ज्यालादारी तथा पुख्र्यौली पेसा डोका डाला निर्माण गर्ने भए पनि महिला भने तरकारीखेतीका लागि दिनहुँजसो खेतबारीमै व्यस्त रहने गरेको पाइन्छ् ।

दैनिक मजदुरी गरी तरकारी खानका लागि बजारबाट किन्ने यहाँका दलित महिला अहिले भने तरकारीखेतीतर्फ आकर्षित हुन थालेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख वरिष्ठ कृषि अधिकृत दिलबहादुर विष्टले बताउनुभयो ।
पहिला ज्यालादारीमा काम गरेर भए पनि बजारबाट तरकारी किनेर खाने गथ्र्यौ तर आजभोलि आफँै तरकारी लगाएर बजारमा बेच्नका लागि जाने गरेको व्यावसायी कलावती पार्कीले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रसायनिक मलले स्वास्थ्यमा नकारात्मक असर पर्नेबारे ज्ञान पाएपछि आफूहरुले तरकारीमा जैविक विषादी प्रयोग गर्ने विधि सिकेर तरकारीबारीमा जैविक विषादी र मलको मात्रै प्रयोग गर्ने गरेको घटाल कृषक समूहका महिला बताउँछन् ।
थोरै जमिन हुँदा धान गहँुलगायतका खाद्यान्न बालीबाट हुने उत्पादनबाट तीन महिनाका लागि पनि खान नपुग्ने खेतबारीमा तरकारीखेतीबाट जीविकोपार्जनका लागि सहज हुने भन्दै यहाँका दलित परिवार तरकारीखेतीतर्फ आकर्षित भएका हुन् । तरकारीखेती सुरु गरेसँगै उनीहरुको आयस्तर समेत वृद्धि भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com