ब्याटलग्राउण्ड राज्यका कारण चुनाव पेचिलो, अहिलेकै अग्रता कायम रहे बाइडेनले २ मतले जित्ने


प्रकाशित मिति : कार्तिक १९, २०७७ बुधबार

ब्याटलग्राउण्ड राज्यहरुमा कायम रहेको सन्तुलनका कारण गएरातीदेखि स्थीर रहेको चुनावी नतिजा अहिलेसम्म पनि उस्तै छ । विसकन्सिन र मिसिगनमा जो बाइडेनल झिनो अग्रता कायम गरिरहेका छन् ।

पेन्सिलभेनिया, जर्जिया र नर्थ क्यारोलिनामा डोनाल्ड ट्रम्पले अग्रता कायम गरिरहेका छन् । त्यस्तै नेभाडामा पनि जो बाइडेनकै अग्रता रहेको छ । अलास्कामा ट्रम्पको अग्रता कायम रहेको छ ।

अहिलेको अग्रता कायमै रहेमा जो बाइडेनले २७० इलेक्टोरल मत प्राप्त गर्नेछन् । जुन चुनाव जित्नका लागि प्रयाप्त हुनेछ । अहिलेकै अग्रता यथावत रहेमा डोनाल्ड ट्रम्पले २६८ इलेक्टोलर मत प्राप्त गर्नेछन् ।

विसकन्सिनमा १० र मिसिगनमा १६ इलेक्टोरल मत रहेको छ । यी दुबै राज्यमा २०१६ को चुनावमा ट्रम्पले जितेका थिए ।

त्यस्तै पेन्सिलभेनियामा २० र नर्थ क्यारोलिनामा १५ इलेक्टोरलम मत रहेको छ । यी राज्यमा पनि २०१६ मा डोनाल्ड ट्रम्पले नै जितेका थिए । कुनै बेलाको रिपब्लिकन पकड रहेका जर्जिया अहिले ब्याटलग्राउण्ड राज्य भएको छ । यहाँ १६ इलेक्टोरल मत रहेको छ ।

अमेरिकाको हरेक राज्यको इलेक्टोरल मत संख्या

अमेरिकी चुनावमा मतदान गर्न योग्य अमेरिकीहरुले इलेक्टोरल मतका लागि इलेक्टरहरु छान्नका लागि अमेरिकी इलेक्टोरल कलेजका सदस्यहरुका लागि मतदान गर्दछन् । त्यस्ता इलेक्टरहरुले पहिले नै आफूले कुन उम्मेदवारका लागि मतदान गर्ने भन्ने सार्वजनिक गरिसकेका हुन्छन् । जनताबाट छानिएका इलेक्टरहरुले राष्ट्रपति र उपराष्ट्रपतिका लागि इलेक्टोरल मतदान गर्दछन् । मतदानपछि पूर्ण बहुमतप्राप्त उम्मेदवारलाई विजेता घोषणा गरिन्छ ।

यदि राष्ट्रपतिका लागि कसैले पनि पूर्ण बहुमत प्राप्त गर्न नसकेको खण्डमा प्रतिनिधीसभाले राष्ट्रपति छान्ने र उपराष्ट्रपतिका लागि कसैले पनि पूर्ण बहुमत प्राप्त गर्न नसकेमा सिनेटले उपराष्ट्रपति छान्ने व्यवस्था रहेको छ । जम्मा ५३८ इलेक्टोरल मतमध्ये विजेता हुनका लागि कम्तीमा २७० मतको आवश्यकता पर्छ ।

५० वटा राज्य र वासिंटन डिसीबाट जनसंख्याको अनुपातको आधारमा ५३८ इलेक्टोरल मतको तय गरिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com