अमेरिकी राष्ट्रपति चुनावमा हजारौं नेपाली अमेरिकन सहभागी हुँदै


प्रकाशित मिति : कार्तिक १८, २०७७ मंगलबार

आज अमेरिकामा राष्ट्रपचि चुनावको मुख्य दिन हजारौं नेपाली अमेरिकनहरुले समेत मतदान गरिरहेका छन् । २०१६ को राष्ट्रपति चुनावको तुलनामा यो बर्ष मतदान गर्न योग्य नेपाली अमेरिकनको संख्या दोब्बर भएको अनुमान गरिएको छ ।

२०१६ को राष्ट्रपति चुनावमा मतदान गर्न योग्य नेपाली अमेरिकनहरु २५ हजारको हाराहारीमा रहेको अनुमान गरिएको थियो । यसपटक झण्डै ५० हजारको हाराहारीमा रहेको अनुमान गरिएको छ । अमेरिकी ग्रिनकार्ड लिइसकेका नेपालीहरु र नागरिकता लिन योग्य नेपालीहरुको संख्या हेर्दा २०२४ मा यो संख्या तीनगुणा बढ्ने अनुमान गरिएको छ ।

न्युयोर्कको ज्याक्सनहाइटमा मतदानपछि सेल्फी लिंदै लेखक राजन थपलिया ।

राष्ट्रपति चुनावमा सबैको मुख्य ध्यान ब्याटलग्राउण्ड राज्यहरु फ्लोरिडा र पेन्सिलभेनिया लगायततिर केन्द्रीत रहेको छ । यसपटकको चुनावमा नेपाली अमेरिकनहरु पनि निकै उत्साहतका साथ सहभागी भइरहेका छन् ।

सबैभन्दा धेरै नेपालीहरु न्युयोर्क, क्यालिफोर्निया र टेक्सासमा रहेका छन् । यद्यपी अन्य राज्यहरुमा पनि नेपालीहरुको उपस्थीति बाक्लो हुँदै गएको छ । नेपाली भाषी भुटानीहरुको संख्या पनि अमेरिकामा उल्लेख्य रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कभर तस्वीर:  अमेरिकी राष्ट्रपति चुनावमा मतदानपछि न्युजर्सी निवासी डा. विष्णुमाया परियार ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com