आज अमेरिकामा चुनावको मुख्य दिन, राष्ट्रपति सहित सिनेटका ३५ र हाउसका सबै सिटमा मतदान


प्रकाशित मिति : कार्तिक १८, २०७७ मंगलबार

आज अमेरिकामा राष्ट्रपति चुनावको मुख्य दिन हो । आजको दिनमा मात्र ६० मिलियन भन्दा धेरैले मतदान गर्ने अपेक्षा गरिएको छ ।

चुनावको मुख्य दिनमा अमेरिकनहरु निकै उत्साहित भएर मतदानमा निस्किएका छन् । यसपटक अमेरिकामा यो शताब्दीकै धेरै प्रतिशतले मतदान गर्ने अनुमान गरिएको छ ।

राष्ट्रपति चुनावमा सबैको मुख्य ध्यान ब्याटलग्राउण्ड राज्यहरु फ्लोरिडा र पेन्सिलभेनिया लगायततिर केन्द्रीत रहेको छ ।

एरिजोना, फ्लोरिडा, मिसिगन, नर्थ क्यारोलिना, पेन्सिलभेनिया र विसकन्सिनले सबैको ध्यानाकर्षण गरिरहेका छन् । यी सबै राज्यमा सन् २०१६ को चुनावमा डोनाल्ड ट्रम्पले जितेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्कको ज्याक्सनहाइटमा रहेको मतदानस्थल । यस क्षेत्रमा नेपालीको बाक्लो बसोबास रहेको छ ।

एरिजोनाबाट ११ , फ्लोरिडाबाट २९ , मिसिगनबाट १६ , नर्थ क्यारोलिनाबाट १५, पेन्सिलभेनियाबाट २० र विसकन्सिनबाट १० इलेक्टोरल मत प्राप्त हुन्छ । अमेरिकामा राष्ट्रपति पदमा जित्न कम्तीमा २७० इलेक्टोरल मतको आवश्यकता पर्छ ।

यसपटकको चुनावमा नेपाली अमेरिकनहरु पनि निकै उत्साहतका साथ सहभागी भइरहेका छन् ।

यसपटकको चुनावमा झण्डै ५० हजार नेपाली अमेरिकनहरु मतदानका लागि योग्य रहेका छन् । त्यो बाहेक नेपाली अमेरिकन बाबुआमाबाट अमेरिकामा जन्मिएर मतदानका लागि योग्य भएकाहरुको संख्या पनि बढ्दो छ ।

आज मतदानपछि खसोखासका अँग्रेजी सम्पादक तथा लेखक राजन थपलिया ।

अहिलेसम्म अमेरिकी नागरिकता लिने नेपालीको संख्या झण्डै ५० हजार पुगेको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ ।

सन् २०२४ मा हुने चुनावसम्म यो संख्या तीनगुणा बढ्ने अनुमान गरिएको छ । किनभने हाल अमेरिकामा रहेका झण्डै एकलाख ग्रिनकार्डवाहक नेपालीहरु त्यतीबेलासम्म अमेरिकी नागरिकता प्राप्त गर्नका लागि योग्य हुनसक्नेछन् ।

आजको चुनावमा अमेरिकाको प्रतिनिधिसभाका सबै ४३५ सिटमा मतदान भइरहेको छ । साथै सिनेटका १ सय मध्य ३५ सिटमा मतदान भइरहेको छ । अहिलेको सिनेटमा रिपब्लिकनको र हाउसमा डेमोक्र्याट्सको नियन्त्रण कायम रहेको अवस्थामा आजको चुनावको यो परिदृश्यलाई समेत फेर्न सक्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com