डोमः बाँस, बेत र डालोको जीवन


प्रकाशित मिति : कार्तिक १८, २०७७ मंगलबार

भनिन्छ, दुखियाको हाँसोमा ईश्वरको बास हुन्छ । यस कुरालाई डालो, नाङ्लो र टपरी बनाउन जुटेको महोत्तरीको डोम समुदायले चरितार्थ गरेको छ । अधिकांश तराईवासी हिन्दू धर्मालवम्बीको प्रमुख पर्व छठपर्वको दुई साता मात्रै बाँकी रहेका बेला सधैँ खान, लाउन धौधौ पर्ने डोम जातिको मुहारमा पनि हाँसो र मनमा उल्लास छाएको छ ।

गरीबी र विपन्नताको जाँतोमा पिल्सिएर वर्षौंभरि गाउँगाउँमा सुँगुर डो¥याएर चहार्ने डोम समुदायलाई अहिले छठ नजिकिँदै जाँदा बाँस र बेतका चोयाबाट डालो, नाङ्लो र टपरी बनाउन भ्याइनभ्याइ भएको छ । गाँस, बास र कपासकै जोरजाममा पुस्तौँसम्म हम्मेहम्मे पर्ने गरेको डोमले छठपर्व आउनासाथ कात्तिक महिनाभरि आफ्ना जीवनका हरेक दुःख बिर्सेर मीठोमसिनो खाने र राम्रो लगाउने सौभाग्य प्राप्त भएको मनरासिस्वा नगरपालिकाका ५५ वर्षीय राजहदेव डोमले बताउनुभयो ।

गाउँ, शहरमा हुने भोजभतेरबाट जुठोसमेत ल्याएर सपरिवार खाने गरेको डोमले कात्तिकमा नानाथरीका परिकार पकाएर खाने गरेको सोही ठाउँकी ६० वर्षीया देवनी डोमिनले बताउनुभयो । डालो बुन्दै गर्नुभएका गौशाला नगरपालिकाकी ६५ वर्षीया मरनी डोमिनले गहभरि आँशु लिएर भन्नुभयो, “मालिक, कात्तिक लाग्नेबितिक्कै घरका शिशुदेखि बूढासम्मले काम पाएर बिहानदेखि बेलुकासम्म डालो, नाङ्गो र टालुटपरी बनाउनमा तल्लीन हुन्छौँ, बजारमा बेच्दा मनग्य आम्दानी हुने भएकाले हामी निकै खुशी हुन्छौँ ।”

वर्षभरि काम नचल्नाले भने फेरि केही दिनपछि दुःख थपिन्छ । प्रत्येक तराईवासीले छठमाता तथा सूर्यदेवलाई बाँस र बेतकै चोयाबाट बनाइएका डालो, नाङ्लो र टालु टपरीमा अघ्र्य दिनुपर्ने भएकाले प्रत्येक परिवारले बाँसका पाँचसात भाडाकुँडा किन्नुपर्छ । छठपर्वको आगमनसँगै डोमका घरआँगनमा पनि छठमाता र सूर्यदेवको प्रत्यक्ष उपस्थिति रहने गरेको विश्वास सम्सी गाउँपालिकाका ६० वर्षीय बुधवा डोमले व्यक्त गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आफूहरुले सोही कारण दिनरात बर्तालुका निम्ति बाँसका भाँडा बनाउने गरेको उहाँले सुनाउनुभयो । त्यस्तै जिल्ला सदरमुकाम जलेश्वर नगरपालिकाका रामजी डोमले डालो, नाङ्लो र टालु टपरी बेचेर कात्तिकभरिमा वर्षभरिकै सबै कर्जा ऋण चुक्ता गरेर आउने छौँ महिनाको खर्चबर्चको जोहो गर्न जति कमाइ हुने गरेको बताउनुभयो ।

भङ्गहा नगरपालिकाका भरोसिया डोमले घरका बालकदेखि बूढासम्मले डालो नाङ्लो बेचेर प्रतिव्यक्ति रु ४०÷४५ देखि ६०÷६५ हजार र प्रत्येक परिवारले रु तीन÷चार लाखको हाराहारीमा आम्दानी गर्ने गरेको बताउनुभयो । अहिले जिल्लाको प्रत्येक पालिकाका गाउँगाउँमा डोम जातिका प्रत्येक घरमा बाँस र बेतको थुप्रो राखिएको छ ।

परिवारका सबै बाँस र बेतका चोयाबाट सामग्री बनाउन व्यस्त देखिन्छन् । हरेक वर्ष छठपर्व मनाउने वृद्धि हुँदै जाँदा प्रत्येक व्यक्तिलाई बाँसको भाँडाकँुडा पु¥याउन डोम जातिलाई सकस भएको छ । डोम परिवारलाई ती सामग्री बनाउन अहिलेदेखि भ्याइनभ्याइ भएको छ । पछिल्ला केही वर्षदेखि तराईमा मात्रै नभएर देशको राजधानी काठमाडौँसहित पोखरा, हेटाँैडाजस्ता पहाडी क्षेत्रमा पनि छठपर्व मनाउन थालिएकाले तराईबाट बाँस र बेतबाट तयार भएका भाँडाकुँडा निर्यात हुने अवस्था पनि सिर्जना भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com