कोरोना संक्रमणबाट मृत्यु भएका पूरुषको शव उत्खनन गरि ५ महिनापछि दाहसंस्कार


प्रकाशित मिति : कार्तिक १८, २०७७ मंगलबार

मृत्युपश्चात कोरोना संक्रमणको पुष्टि भएपछि अर्घाखाँचीका एक पूरुषको जमिनमुनि गाडिएको शवलाई करिब ५ महिनापछि निकालि दाहसंस्कार गरिएको छ । गत जेठ १६ गते भारतको महाराष्ट्रबाट आएर अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नं. ४ ब्याडापाटाको सार्वजनिक आधारभुत विद्यालयमा रहेको क्वारेन्टाइनमा बसेका सोही ठाउँकै ५७ बर्षिय यमप्रसाद खनालको उपचारका लागि बुटबल गएर फर्कर्दै गर्दा जेठ २८ गते बाटोमै मृत्यु भएको थियो ।

क्वारेन्टाइनमै मृत्यु भएपछि उनको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा कोरोना संक्रमणको पुष्टि भयो । कोरोना संक्रमण देखिएपछि उनको शवलाई २ दिनसम्म खुल्ला चौरमा राख्न परिवारका सदस्य बाध्य भएका थिए । र, उनको शवलाई जमिनमुनी गाडिएको थियो ।

त्यतीबेला परिवारले शव व्यवस्थापन गर्न र परम्परा अनुसार काजकिरिया गर्न नपाएपछि ४ महिनापछि शव उत्खनन गरेर परम्परा अनुसार अन्त्येष्टि गरिएको परिवारका आफन्त प्रकाश खनालले बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com