नेपाली कांग्रेसले २० वर्षपछि हुन लागेको स्थानीय तहको चुनावलाई ऐतिहासिक भन्दै चुनाव बैशाख ३१ मै हुने बताएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार आयोजित पत्रकार भेटघाटमा चुनाव प्रचारप्रसार समितिका संयोजक रमेश लेखक भने नेपाली कांग्रेस यो निर्वाचन ३१ गते नै सम्पन्न गर्ने कुरामा प्रतिबद्ध छ । हामीले अठोट गरेका छौं तोकिएको समयमा सम्पन्न हुन्छ । यसका कार्यक्रमहरु तोकिएको समयमा सम्पन्न हुने बताए ।
प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्तावमा असन्तुष्टि जनाउँदै पार्टीका नेता बिमलेन्द्र निधिले उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएपछि चुनावमा आशंका व्यक्त भइरहेका बेला कांग्रेसले चुनाव कुनै हालतमा नसर्ने जनाएको हो ।
निर्वाचनको प्रचार प्रसार जारी राखेको कांग्रेसले उम्मेदवार छनोटको अन्तिम तयारी भइरहेको समेत कांग्रेस जानकारी दिएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।