अमेरिकाको चुनावमा राष्ट्रपतिका ११ उम्मेदवार, चर्चामा ट्रम्प र बाइडेनमात्रै


प्रकाशित मिति : कार्तिक १७, २०७७ सोमबार

नोभेम्बर ३ को अमेरिकी राष्ट्रपतिको चुनावका मुख्य दुई उम्मेदवार डोनाल्ड ट्रम्प र जो बाइडेन चर्चाको शिखरमा छन् । तर चुनावमा राष्ट्रपति पदमा उम्मेदवारी दिएकाहरु उनीहरुमात्र होइनन्, उनीहरुसहित कुल ११ जना उम्मेदवार रहेका छन् ।

न्युयोर्कको मतपत्रमा रहेकाहरु ।

ट्रम्प र बाइडेन सहित ५० वटा राज्य र वासिंटन डिसीमा लिबरटेरियन पार्टीका उम्मेदवार जो जोर्गेन्सेनको नाम पनि मतपत्रमा रहेको छ । त्यस्तै ग्रिनपार्टीका तर्फबाट राष्ट्रपति उम्मेदवार हवी हकिन्सको नाम पनि न्युयोर्कसहित ३० वटा राज्यका मतपत्रमा रहेको छ । त्यस्तै स्वतन्त्र उम्मेदजार ब्रक पियर्सको नाम पनि न्युयोर्कसहित १६ वटा राज्यको मतपत्रमा रहेको छ ।

सोसलिज्म र लिबरेशन पार्टीका तर्फबाट ग्लोरिया ला रिभाको नाम १५ राज्यको मतपत्रमा, एलायन्सका तर्फबाट रकी गुरेराको नाम १५ राज्यको मतपत्रमा, कन्स्टिच्युसनका तर्फबाट डन ब्लाकेनसिपको नाम १८ राज्यको मतपत्रमा, बर्थडेका तर्फबाट काने वेष्टको नाम १२ राज्यका मतपत्रमा, अमेरिकन सोलिडारिटीका तर्फबाट ब्रायन क्यारोलको नाम ८ राज्यका मतपत्रमा र बिकमिङ वान नेशनका तर्फबाट जेड सिमोन्सको नाम २ वटा राज्यका मतपत्रमा रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यद्यपी अमेरिकामा दुईवटा पार्टीबीचमात्र तीब्र प्रतिस्पर्धा हुने भएकाले अरु पार्टी र उम्मेदवारहरुको खासै महत्व हुँदैन । यद्यपी सन् २०१६ को चुनावमा लिबरटेरियन पार्टीका उम्मेदवारले झण्डै ४५ लाख र ग्रिनकापार्टीका उम्मेदवारले झण्डै साढे १४ लाख मत ल्याएका थिए । स्वतन्त्र उम्मेदवार फिन म्याकमुलिनले ७ लाख ३१ हजार र कन्स्टिच्युसन पार्टीका उम्मेदवारले झण्डै २ लाख मत ल्याएका थिए ।

त्यस्तै ग्लोरिया ला रिभाले अमेरिकाभरबाट ७५ हजार मत ल्याएकी थिइन् भने अर्का स्वतन्त्र उम्मेदवार रिचार्ड डन्कानले अमेरिकाभरबाट २४ हजारमत ल्याएका थिए ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com