नेपालमा दैनिक झण्डै ३ हजार पुग्न थाले संक्रमित, कुल मृतक हजारको नजिक


प्रकाशित मिति : कार्तिक १७, २०७७ सोमबार

नेपालमा बितेको २४ घण्टामा थप २,९३३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जानकारी अनुसार पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३ हजार १ सय ५० जना डिस्चार्ज भएका छन् ।

यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ३७ हजार ९ सय ९२ जना पुगेको छ ।यस्तै, हालसम्म नेपालमा एक लाख ७६ हजार पाँच सयमा सङ्क्रमण पुष्टि भएको छ सक्रिय सङ्क्रमितको सङ्ख्या ३७,५२४ रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना परीक्षणका लागि स्वाब संकलन गरिदै । फोटो : दीपेन्द्र ढुंगाना

नेपालमा कोरोना भाईरस कोभिड १९ संक्रमणका कारण थप २४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणले मृत्यु हुनेको कूल सङ्ख्या ९८४ पुगेको सरकारी तथ्यांकमा उल्लेख छ ।

बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप १६ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३ सय ६२, भक्तपुरमा ९६ र ललितपुरमा १ सय ६४ कोरोना संक्रमित थपिएका हुन् । जसमध्ये ६ सय ३७ जना महिला र ९ सय ८५ जना पुरुष छन् ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com