भोट हालेका मतपत्र सहितको फोटो सार्वजनिक गर्नु कैयन राज्यमा गैरकानुनी, इलिनोयमा कैद र जरिवानाको कडा कानुन


प्रकाशित मिति : कार्तिक १५, २०७७ शनिबार

अमेरिकी राष्ट्रपतिको चुनावको मुख्य दिन नोभेम्बर ३ आउनु अगाडि कैयनले अग्रिम मतदान र हुलाकमार्फत मतपत्र पठाएर मतदान गरिरहेका छन् । यसरी मतदान गर्दा कतिपयले मतपत्रसहितका फोटोहरु पनि सामाजिक सञ्जालमा पोष्ट गरेका हुनसक्छन् । तर कैयन राज्यमा चिन्हो लगाएका वा मत हालेका मतपत्रको फोटो लिनु र सामाजिक सञ्जालमा हाल्नु गैरकानुनी हो ।

कतिपय राज्यहरुले भने चिन्हो लगाएका वा मत हालेका मतपत्रको फोटो लिनु र सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउँदैनन् । तर कैयन राज्यले मत किनबेच र घुसलाई निरुत्साहित गर्न चिन्हो लगाएका वा मत हालेका मतपत्रको फोटो लिन र सार्वजनिक गर्नमा प्रतिबन्ध लगाएको छ । पछिल्लो चरणमा क्यालिफोर्निया, कोलोराडो, हवाई, नेब्रास्का, ओरेगन र युटाहमा चिन्हो लगाएका वा मतहालेका मतपत्रहरुको फोटो खिचेर सामाजिक सञ्जालमा हाल्नमा कुनै रोक नलगाउने कानुन ल्याएका थिए । तर अरु कैयन राज्यहरुले भने मतहालेका मतपत्रको फोटो खिच्न निषेध गर्ने कानुनहरु पारित गरेका छन् ।

२०१६ को चुनावमा जस्टिन टिम्बरलेकले मतहालेको मतपत्रसहितको फोटो सामाजिक सञ्जालमा हालेकोमा यो टेनेसीको कानुनबिरुद्ध रहेको थाहा पाएपछि डिलिट गरेका थिए । अमेरिकामा कम्तीमा १४ राज्यमा मतहालेका मतपत्रसहितको फोटो खिच्न र सामाजिक सञ्जालमा हाल्न कडा प्रतिबन्ध रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अलाबामा, अर्कान्सास, क्यालिफोर्निया, कोलोराडो, कनेक्टिकट, वासिंटन डिसी, हवाई, आयोवा, कन्सास, केन्टकी, लुजियाना, मिशिगन, मोन्टाना, नेब्रास्का, न्यु ह्याम्पशायर, न्यु मेक्सिको, नर्थ डाकोटा, ओक्लाहोमा, ओरेगन, रोड आइल्याण्ड, युटाह, भर्मोन्ट, भर्जिनिया, वासिंटन, वायोमिंगमा मतहालेका मतपत्रसहितको सेल्फी खिच्न र सार्वजनिक गर्नमा कुनै रोक छैन ।

तर फ्लोरिडा, जर्जिया, इलिनोय, मासाचुसेट्स, मिजौरी, नेभाडा, न्युयोर्क, नर्थ क्यारोलिना, ओहायो, साउथ क्यारोलिना, साउथ डाकोटा, टेनेसी, टेक्सास, वेष्ट भर्जिनियामा मतहालेका मतपत्रसहितको फोटो खिच्न र सामाजिक सञ्जालमा हाल्नु गैरकानुनी हो । इलिनोयमा यसरी मतहालेका मतपत्रसहितको फोटो सार्वजनिक गर्नु चौथो श्रेणीको फेलोनी हो । यस्तो गर्ने व्यक्तिलाई एकदेखि ३ बर्ष कैदसजाय र अधिकतम २५ हजार डलरसम्म जरिवाना हुनसक्छ ।

मासाचुसेट्समा मतपत्रसहितको फोटो सार्वजनिक गर्नेलाई अधिकतम ६ महिना जेल र एकसय डलरसम्म जरिवानाको व्यवस्था छ । मिजौरीमा पनि मतपत्रसहितको फोटो सार्वजनिक गर्नु चौथो श्रेणीको चुनावी अपराध हो ।

अलास्का, एरिजोना, डेलावर, आइदाओ, इन्डियाना, मेन, मेरिल्याण्ड, मिनिसोटा, मिसिसिपी, न्युजर्सी, पेन्सिलभेनिया, विसकन्सिन लगायतका राज्यमा भने स्पष्ट कानुन छैन । तर पनि यी राज्यहरुमा समेत मतदानस्थलमा मतदान गरेका मतपत्रसहितको सेल्फी लिन र सामाजिक सञ्जालमा हाल्न निरुत्साहित गरिएको छ ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com