राप्रपाले गर्‍यो सरकारबाट बाहिरिने निर्णय


प्रकाशित मिति : बैशाख १८, २०७४ सोमबार

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकार छाड्ने निर्णय गरेको छ ।
केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका दुई सय ४९ सांसदको हस्ताक्षरसहित संसद् सचिवालयमा महाअभियोगको प्रस्ताव दर्ता गरेलगत्तै राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको हो । प्रधानन्यायधिश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव का“ग्रेस र माओवादी केन्द्र गठबन्धनले संसदमा दर्ता गराएपछि राप्रपा असन्तुष्ट रह“दै आएको थियो । महाअभियोग प्रस्तावलाई अनैतिक, न्यायिक स्वतन्त्रतामाथिको हस्तक्षेप भन्दै विरोध जनाउ“दै आएको थियो । पार्टीले सरकारबाट बाहिरिने गरी गरेको निर्णय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जानकारी गराइसकेको पार्टी अध्यक्ष कमल थापाले जानकारी दिनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचनलाई नै नकारात्मक असर पर्ने गरी प्रधानन्यायधिश कार्कीमाथि लगाइएको महाअभियोग तत्काल फिर्ता लिन पनि सत्तारुढ का“ग्रेस र नेकपा माओवादी केन्द्रस“ग माग गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा राप्रपाबाट उपप्रधान, संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापासहित चार मन्त्री सहभागी थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com