नोभेम्बर भिसा बुलेटिन : दाजुभाई दिदीबहिनीलाई ग्रिनकार्डका लागि लाग्ने अवधि १४ बर्ष नाघ्यो


प्रकाशित मिति : कार्तिक १३, २०७७ बिहीबार

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले नोभेम्बरको भिसा बुलेटिन ढिलो गरी जारी गरेको छ । आज जारी गरेको भिसा बुलेटिन अनुशार अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीलाई नोभेम्बरमा ग्रिनकार्ड प्राप्त गर्न लाग्ने अवधि १४ बर्ष २ महिना रहेको छ ।

सन् २००६ को सेप्टेम्बर २२ भन्दा अगाडि नै आवेदन दिएका अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुले नोभेम्बरमा ग्रिनकार्ड प्राप्त गर्न सक्नेछन् । अमेरिकामा हुनेहरुका सन्दर्भमा भने सन् २००७ को सेप्टेम्बर १५ भन्दा अगाडि आवेदन दिएकाहरुले नोभेम्बरमा स्टाटस एड्जस्टका लागि आवेदन दिन सक्नेछन् ।

अमेरिकामा नै स्टाटस एड्जस्ट गर्नका लागि विगतका गैरकानुनी उपस्थीति भएको हुनुहुँदैन । नोभेम्बरको भिसा बुलेटिन अनुशार भारतीयहरुका लागि भने यो श्रेणीमा ग्रिनकार्ड पाउनका लागि साढे १५ बर्षको अवधि लाग्छ । मेक्सिनका लागि साढे २२ बर्ष र फिलिपिनोका लागि झण्डै १९ बर्ष लाग्छ ।

सेप्टेम्बरदेखि नै अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीलाई ग्रिनकार्ड पाउने प्राथमिक मितिमा कुनै फेरबदल नआएपछि यो अवधि बढ्दै गएको छ । अगस्तको तुलनामा भने सेप्टेम्बरमा २ साता पछाडि सरेको थियो । तर त्यसपछि पछाडि नसरेका कारण अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीलाई ग्रिनकार्ड पाउन लाग्ने अवधि ३ महिना बढ्न पुगेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गतबर्षको नोभेम्बरमा अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुले ग्रिनकार्ड पाउन लाग्ने अवधि १२ बर्ष १० महिनामात्र रहेकोमा अहिले त्यसमा झण्डै डेढबर्ष बढेको छ ।

ग्रिनकार्ड फाइल गरेपछि ग्रिनकार्ड स्वीकृत नहुँदासम्म  अमेरिका जानै नपाइने ?

सामान्यतया कुनै व्यक्तिका लागि परिवारमा आधारित ग्रिनकार्ड आवेदन दिइएको छ भने उक्त व्यक्ति भिजिटर वा अन्य गैर आप्रवासी भिसामा अमेरिका जान खोज्दा भिसा अस्वीकार गरिदै आएको छ । ग्रिनकार्ड आवेदन अमेरिकामा स्थायी रुपमा बस्नका लागि फाइल गरिने र गैर आप्रवासीभिसा अमेरिकाबाट फर्कने आधार भएकालाईमात्र प्रदान गरिने भएकाले दुईप्रकारका आवेदनमा भएको विरोधाभासका कारण भिजिटर लगायतका गैरआप्रवासी भिसा अस्वीकृत गरिदै आएको छ ।

तर नेपालीहरुले दाजुभाई दिदीबहिनी श्रेणीको ग्रिनकार्ड प्राप्त गर्नका लागि झण्डै १४ बर्षको अवधि लाग्ने गरेको छ । के यो श्रेणीको ग्रिनकार्डका लागि आवेदन गरेपछि १४ बर्षसम्म अमेरिका जान नै नपाइने हो त ? यसबारे काठमाडौंमा रहेको अमेरिकी दूतावासले भनेको छ – ‘यदि तपाईको ग्रिनकार्ड आवेदन पेन्डिङ अवस्थामा छ भने उक्त आवेदनका कारण अमेरिकाको भिजिटर भिसाका लागि स्वत अयोग्य भईदैन ।’

दूतावासले भनेको छ – ‘तर आप्रवासी भिसा आवेदनको अर्थ तपाई अमेरिकामा स्थायी रुपमा बसोबास गर्ने आशय मानिन्छ । तर पर्यटक भिसाको एउटा प्रावधानमा तपाई अमेरिका घुमेपछि नेपाल फर्कने बलियो आधार र सम्बन्ध हुनुपर्छ ।’

आप्रवासी भिसा आवेदन पेन्डिङ अवस्थामा रहेपनि वर्तमान समयमा आफू अमेरिकामा बस्ने वा बसाईसराई गर्ने योजना नरहेको कारण भिसा अन्तरवार्ताका समयमा व्याख्या गर्न सकेमा भने अमेरिकाको पर्यटक भिसा पाउन सकिने अमेरिकी दूतावासले जनाएको छ । यद्यपी आप्रवासी भिसा आवेदन पेन्डिङ अवस्थामा रहेको अवस्थामा भिजिटर लगायतका गैर आप्रवासी भिसा पाउने सम्भावना भने निकै न्यून रहदै आएको छ ।

यसरी आफै दिनुहोस् दाजुभाई र दिदीबहिनीको ग्रिनकार्डका लागि आवेदन

यदि तपाईको उमेर २१ बर्ष पूरा भइसकेको छ र तपाईसँग अमेरिकी नागरिकता छ भने तपाईले आफ्ना दाजुभाई दिदीबहिनीहरुको अमेरिकी ग्रिनकार्डका लागि फाइल गर्न सक्नुहुन्छ । यो फर्म अनलाइनबाट पनि भर्न सकिन्छ । अनलाइनबाट भर्दा युएससीआईएसमा अनलाइन एकाउन्ट बनाउनुपर्छ ।

हुलाकबाट फर्म पठाएर भर्नेहरुका लागि : 

१ – सुरुमा आई १३० नामको फर्म भर्नुपर्छ । यो फर्म अमेरिकी सरकारको युएससीआईएसको वेवसाइटमा उपलब्ध छ । फर्म डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला ।  फर्म भर्ने तरिका, लाग्ने शुल्क र पठाउनुपर्ने ठेगानाबारे पनि त्यहाँ सिकाइएको छ । फर्म भर्ने तरिका हेर्न यहाँ क्लिक गर्नुहोला 

२ – यदि तपाईको आफन्त दाजुभाई दिदीबहिनीहरु अमेरिकामा नै कानुनी रुपमा प्रवेश गरेर बस्दै आएको हुनुहुन्छ र स्टेटस एड्जस्ट गर्नुपर्ने छ भने आई ४८५ नामको फर्म भर्नुपर्छ ।

३ – उचित शुल्क सहित उपयुक्त ठेगानामा आई १३० नामको फर्म भरेर पठाइसकेपछि तपाईले युएससीआईएसबाट आई ७९७ नामको पत्र प्राप्त गर्नुहुनेछ । त्यो पत्रमा प्राथमिकता मिति उल्लेख गरिएको हुन्छ । फर्म पठाउने ठेगाना थाहा पाउन यहाँ क्लिक गर्नुहोला । 

४- दाजुभाई तथा दिदीबहिनीहरुका लागि ग्रिनकार्ड फाइल गर्दा निम्न कागजातहरु पठाउनु आवश्यक हुन्छ :

-भरेको आई १३० फर्म । तपाईले दिदीबहिनी वा दाजुभाईका दम्पत्ति वा २१ बर्षमुनीका छोराछोरीका लागि छुट्टै फर्म भर्नु आवश्यक छैन ।

-तपाईको जन्मदर्ता प्रमाणपत्र र तपाईका दाजुभाई तथा दिदीबहिनीको जन्मदर्ताको प्रमाणपत्र । यो प्रमाणपत्रमा बाबु वा आमामध्ये एउटा दुबैको एउटै देखिनुपर्छ ।

-तपाई अमेरिकी नागरिक हुनुको प्रमाण । जस्तै, अमेरिकी पासपोर्टको फोटोकपी वा नागरिकताको प्रमाणपत्र ।

-यदि तपाईको बुबा एउटै हो र आमा फरक फरक छन् भने बुबाको हरेक आमासँग विवाहको प्रमाणपत्र र पहिले गरिएको सम्बन्धविच्छेदको कागजात पेश गर्नु आवश्यक हुन्छ ।

५ – सबै डकुमेन्ट तयार पारिसकेपछि डकुमेन्टसहित भरेको आई १३० फर्म  $५३५ डलर शुल्कको चेक वा मनी अर्डर सहित पठाउनुपर्छ । चेक  U.S. Department of Homeland Security को नाममा लेख्नुपर्छ ।

६ – डकुमेन्ट प्राप्त गरिसकेपछि युएससीआईएसले डकुमेन्ट माग्न, अन्तरवार्ताका लागि बोलाउन पनि सक्छ । तपाईका दाजुभाई वा दिदीबहिनी अमेरिकाबहिर रहेको खण्डमा दूतावासको कन्सुलर अफिसमार्फत आप्रवासी भिसा प्रदान गरिन्छ ।

याद गर्नुहोस् फर्म भर्दा नाता, तपाईको नाम, जन्ममिति, ठेगाना, बैबाहिक स्थीति तथा जसको लागि आवेदन दिइएको हो उसको पूरा नाम, जन्ममिति, भौतिक ठेगाना र बैबाहिक स्थीति स्पष्ट खुलाएर मिति लेख्न र हस्ताक्षर गर्न नभुल्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com