राष्ट्रपति उम्मेदवार जो बाइडेनले गरे मतदान, अग्रिम मतदान गर्नेहरु अहिलेसम्म झण्डै साढे ७ करोड


प्रकाशित मिति : कार्तिक १२, २०७७ बुधबार

राष्ट्रपति उम्मेदवार जो बाइडेनले आज डेलावरमा मतदान गरेका छन् । जो बाइडेन र पत्नी जिल बाइडेनलले आफ्नो गृहक्षेत्रमा अग्रिम मतदान (अर्लि भोटिङ) गरेका हुन् ।

अमेरिकामा अहिलेसम्म ७५ मिलियन भन्दा बढीले हुलाक र मतदान स्थलमा गएर अर्लि भोटिङ गरिसकेका छन् । मतदान पछि बाइडेनले पत्रकारसँग कुराकानी गर्दै हेल्थ केयरबारे आफ्नो योजना बताएका छन् ।

अर्का उम्मेदवार डोनाल्ड ट्रम्पले गत शनिबार नै फ्लोरिडामा मतदान गरेका हुन् । मतदानपछि उनले आफूले ट्रम्प नाम गरेको व्यक्तिलाई मत दिएको बताएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकामा अहिलेसम्म ७५ मिलियनले मतदान गरिसकेका छन् । जसमध्ये झण्डै साढे २५ मिलियनले अर्लि भोटिङ गरेका छन् भने साढे ४९ मिलियनले हुलाकमार्फत मतपत्र पठाएर मतदान गरेका छन् ।

क्यालिफोर्नियामा ७९ लाखले मतदान गरिसकेका छन् भने टेक्सासमा ८१ लाखले मतदान गरिसकेका छन् । ब्याटग्राउण्ड राज्य फ्लोरिडामा पनि ६९ लाखले मतदान गरिसकेका छन् ।

अमेरिकी राष्ट्रपति चुनावको मुख्य दिन भने नोभेम्बर ३ हो । कोरोनाको महामारीका कारण यसपटक धेरैले हुलाकमार्फत मतदान गरेका कारण परिणाम आउन लामो समय लाग्ने अनुमान गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com