न्युयोर्क सिटीमा मतदानबारे जानकारी १७ सहित नेपालीमा समेत, मतदानस्थलमा अनुवादक ल्याउन सकिने


प्रकाशित मिति : कार्तिक १२, २०७७ बुधबार

न्युयोर्क सिटीमा मतदानबारे जानकारी अन्य १७ सहित नेपालीभाषामा समेत उपलब्ध गराइएको छ । कसरी मतदान गर्ने भन्ने सन्दर्भमा नेपाली भाषामा विभिन्न सामाग्रीहरु उपलब्ध गराइएको आज आयोजित राउण्डटेवलमा जानकारी दिइएको छ ।

मेयर बिल ब्लाजिओ, डेपुटी मेयर फिल थम्पसन लगायतको सहभागितामा आयोजित राउण्ड टेवलमा यसबारे जानकारी दिइएको हो । मतदान स्थलमा नेपाली अनुवादक आवश्यक परेमा मतदाता आफैले ल्याउन सक्ने र उक्त अधिकारको उपयोग गर्न नेपाली मतदाताहरुलाई आग्रह समेत गरिएको छ ।

राउण्डटेबलमा बोल्दै मेयर ब्लाजिओ ।

 न्युयोर्क सिटीले नेपाली भाषामा तयार पारेको सामाग्री पढ्न यहाँ क्लीक गर्नसक्नुहुनेछ ।

सबै अल्पसंख्यक समुदायले समेत निर्वाध रुपमा मतदान गर्ने कुरा सुनिश्चित गर्न आफूहरु प्रयत्नरत रहेको मेयर बिल ब्लाजिओले जानकारी दिए । मतदानस्थलमा कुनै विभेद भएमा तुरुन्तै ३११ मा सम्पर्क गर्न र तुरुन्तै सहयोग उपलब्ध गराइने डेपुटी मेयर फिल थम्पसनले जानकारी दिए ।

राउण्डटेबलमा बोल्दै उमेयर फिल थम्पसन ।

न्युयोर्क राज्यमामात्र ७ हजारभन्दा धेरै नेपाली अमेरिकन मतदाताहरु रहेको अनुमान गरिएको छ । नेपाली भाषी मतदाताहरुको संख्या भने त्यो भन्दा अझ बढी रहेको छ । अमेरिकाभर झण्डै ५० हजार नेपाली अमेरिकन मतदाताहरु रहेको अनुमान गरिएको छ । नेपाली भाषी मतदाताहरुको संख्या भने त्यो भन्दा कैयन गुणा बढी छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकामा राष्ट्रपति चुनाव आउन झण्डै एकसातामात्र बाँकी रहेको छ । नेपाली अमेरिकन र नेपालीभाषी अमेरिकनहरुले यसपटक विगतका बर्षको तुलनामा अझ सकृयताका साथ राष्ट्रपति चुनावमा सहभागिता जनाइरहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com