ट्रम्पसहित ६ करोडले गरिसके अमेरिकामा मतदान, न्युयोर्क सिटीमा अर्लि भोटिङमा ३ लाख सहभागी


प्रकाशित मिति : कार्तिक ९, २०७७ आईतबार

अमेरिकामा चुनाव मुख्य दिन नजिकिदै गर्दा अहिलेसम्म झण्डै ६ करोडले मतदान गरिसकेका छन् । राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पले समेत फ्लोरिडामा अर्लि भोटिङमा उपस्थीत भएर मतदान गरिसकेका छन् ।

उनले मतदानपछि आफूले ट्रम्प नाम गरेको व्यक्तिलाई मतदान गरेको बताए । उनले फ्लोरिडाको वेष्ट पाल्म बीचमा शनिबार मतदान गरेका हुन् । ट्रम्पले न्युयोर्कबाट आफ्नो स्थायी ठेगाना फ्लोरिडा सारिसकेका छन् ।

न्युयोर्क सिटीमा अर्लि भोटिङको पहिलो दिन शनिबार झण्डै १ लाखले मतदान गरेका छन् । जसमध्ये सबैभन्दा धेरै बु्रकलिनमा झण्डै ३० हजारले मतदान गरेका छन् । दोश्रो दिन आइतबार भने झण्डै २ लाखले मतदान गरेका छन् ।

क्यालिफोर्नियामा झण्डै ६५ लाखले हुलाकमार्फत मतदान गरिसकेका छन् । झण्डै १ करोड १८ लाखले हुलाकमार्फत मतपत्र मगाएका थिए । क्यालिफोर्नियामा झण्डै डेढ करोड मतदाता रहेका छन् ।

त्यस्तै झण्डै १ करोड १६ लाख मतदाताहरु रहेको टेक्सासमा ७१ लाखले मतदान गरिसकेका छन् । झण्डै ८ लाखले हुलाकमार्फत र साढे ६३ लाखले अर्लि भोटिङमा सहभागी भएर मतदान गरेका हुन् ।

ब्याटलग्राउण्ड राज्यका रुपमा रहेको फ्लोरिडामा ५७ लाखले मतदान गरिसकेका छन् । ९४ लाख मतदाता रहेको फ्लोरिडामा झण्डै २० लाखले अर्लि भोटिङमा मतदान गरेका छन् भने झण्डै ३७ लाखले हुलाकमार्फत मतपत्र पठाएर मतदान गरेका छन् । फ्लोरिडामा अहिलेसम्म मतदान गरेकाहरुमा झण्डै साढे २४ लाख डेमोक्र्याट्स रहेका छन् भने २० लाख रिपब्लिकन रहेका छन् । झण्डै ११ लाख कुनै पार्टीमा आवद्ध छैनन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com