प्रतिशोधपूर्ण महाअभियोग विरूद्ध माइतीघर मण्डलामा नागरिक भेला (फोटो फिचर)


प्रकाशित मिति : बैशाख १८, २०७४ सोमबार

प्रधानन्यायाधिश सुशीला कार्की विरुद्ध न्यायलयको स्वतन्त्रतामैं हष्तक्षेप हुने र स्पष्टसँग प्रतिशोधपूर्ण देखिने गरी दर्ता गरिएको महाअभियोगको प्रस्तावका विरूद्ध माइतिघर मण्डलामा नागरिक भेला गरिएको छ । नागरिक सञ्जालको आयोजनामा गरिएको भेलामा युवापुस्ताको बाक्लो उपस्थीति रहेको थियो । नेताहरु होसमा आउ लोकलाज बचाउ, न्यायपूर्ण लोकतन्त्र कायम गर, चुनाव भाड्न पाइदैन न्यायालय डाम्न पाइदैन, महाअभियोग प्रस्ताव फिर्ता गर लगायतका नाराहरु लेखिएको प्लेकार्डसहित नागरिकहरु स्वतस्फुर्त भेलामा सहभागी भएका थिए । साझा पार्टीका संस्थापक रबीन्द्र मिश्र लगायतको उपस्थीति रहेको भेलामा प्रधानन्यायाधिस सुशीला कार्कीका पक्षमा दवाव सृजना गरिएको थियो । नागरिक भेलामा पुगेर खसोखास साप्ताहिकका लागि फोटोग्राफर दीपेन्द्र ढुंगानाले खिचेका तस्विरहरु ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com