कोरोनाबारे प्रेस ब्रिफिङ ५ दिनका लागि बन्द हुने
प्रकाशित मिति : कार्तिक ६, २०७७ बिहीबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले नियमित गर्दै आएको कोरोनासम्बन्धी मिडिया ब्रिफिङ भोलि (फूलपाति) देखि नहुने भएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भोलि शुक्रबादेखि पाँच दिनसम्म ब्रिफिङ नहुने भएको हो।
तर, कोरोनाबारे सबै जानकारी भने मन्त्रालयको वेभसाइटमार्फत जानकारी गराइने उनले जानकारी दिए। आउँदो बुधबारदेखि भने नियमित रुपमा कारोनासम्बन्धी मिडिया ब्रिफिङ गरिने पनि गौतमले जानकारी दिए।
अपरान्ह सवा ४ बजेतिर हुने उक्त ब्रिफिङमा सरकारले पछिल्लो २४ घन्टामा थपिएका, निको भएका र मृत्यु भएका कोरोना संक्रमितको विवरणसहित अन्य गतिविधिको जानकारी दिने गरेको थियो।