बडादशैंको छैटौं दिन: कात्यायनीदेवीको पूजा गरिँदै


प्रकाशित मिति : कार्तिक ५, २०७७ बुधबार

बडादशैं अन्तर्गत नवरात्रीको छैटौं दिन विहीवार कात्यायनीको पूजाआजा गरिदैँछ ।

देवी दुर्गा, आफ्नो छैटौं स्वरूपमा चन्द्रघण्टाको नामले प्रसिद्ध छिन् । पौराणिक कथा अनुसार कत नामको एक प्रशिद्ध महर्षि थिए, उनको पुत्र कात्य भए र त्यहि कात्यको गोत्रमा प्रसिद्ध ऋषि कात्यायन उत्पन्न भए ।

उनले देवी दुर्गालाई पुत्रीको रूपमा प्राप्त गर्न धेरै वर्षसम्म कठिन तपस्या गरे र ऋषि कात्यायनको इच्छानुसार नै दुर्गमासुर संहारिका माता दुर्गाले ऋषिको घरमा पुत्रीको रूपमा जन्म लिए र कात्यायनी नामले प्रसिद्ध भइन् ।

मस्तकमा अर्ध चन्द्र धारण गरेकी देवी नाना प्रकारको अलंकार या आभूषणबाट सुशोभित छ र चार भुजाले युक्त छिन् आफ्नो दाहिने हातले दुर्गाभवानी वर तथा अभय मुद्रा प्रदर्शित गरिरहनु भएको तथा बायाँ हातमा पद्, पुष्प तथा तरवार धारण गरेकी छिन् । कात्यायनी देवीको सिंह वाहन हो र देवी कात्यायनी सिंहमा आरूढ छिन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

महिषासुर नामको दैत्यले एक समयमा देवताहरूलाई आक्रमण गरेर स्वर्गबाट बाहिर निकालिदियो र तीनै लोकमा अत्याचार गर्न थाल्यो। ब्रह्माजीको कठोर तपस्या गरेर दैत्य राजाले वरदान प्राप्त गरे की उसको मृत्यु कुनै स्त्रीको हातबाट मात्र हुन सकोस् ।

ब्रह्मा, विष्णु, शंकर, ईन्द्र, यम, वरुणआदि समस्त देवताहरूले आफ्नो आफ्नो तेजको अंशबाट एक शक्तिलाई उत्पन्न गराए र उनै शक्तिलाई आफ्नो आफ्नो नाना प्रकारका अस्त्र शस्त्र युक्त शक्तिहरू प्रदान गरे ।

महर्षि कात्यायनले नै सर्वप्रथम यिनै देवीको पूजा गरेका थिए, परिणामस्वरूप उनको नाम कात्यायनी रहन गयो र पछि महिषासुरलाई वध गरेपछि देवीको महिषासुरमर्दिनी दुर्गा नाम प्रसिद्ध भयो ।

आश्विन कृष्ण चतुर्दशीको दिन उनको प्रादुर्भाव भयो र त्यसपछि शुक्ल सप्तमी, अष्टमी, नवमी यिनै तीन दिनमा महर्षि कात्यायनले देवताहरूको तेज पुञ्जबाट प्रकट भएको त्यो दिव्य शक्तिको विधिवत पूजा आराधना गरिन् र अन्ततः दशमीको दिन देवीले महिषासुर दैत्यको वध गरिन् ।

कात्यायनीको स्वरूप अत्यन्त नै दिव्य एवं भव्य छ, ब्रज मण्डलकी अधिष्ठात्री देवी कात्यायनी भगवान् श्रीकृष्णको पतिको रूपमा गर्नको लागी ब्रजका गोपिनीहरूले कात्यायनी देवीको आराधना गरेका थिए ।

नवरात्रको छैटौं दिन अर्थात् षष्ठी तिथि यिनै कात्यायनीलाई समर्पित छ । कात्यायनी माताको श्रद्धा एवं भक्तिले गरेको पूजा एवं पाठका प्रभावले अविवाहिताहरूको यथाशीघ्र विवाह हुने र उपासना गरे एकदमै सरलता पूर्वक अर्थ, धर्म, काम तथा मोक्षलाई प्राप्त गर्न सकिन्छ र जन्म जन्मान्तरको पाप नष्ट हुने शास्त्रोक्त कथन रहेको छ ।

कात्यायनीलाई विशेष गरी गुलियो परिकारहरू प्रिय छन् । कात्यायनीलाई वैज्ञानिक दृष्टिले ब्रह्माण्डीय सम्पूर्ण केन्द्र शक्तिको स्वरूप मानिन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com