अमेरिका: ओपीटी वर्क परमिटको दुरुपयोग गर्ने ११ भारतीयसहित १५ विद्यार्थी पक्राउ


प्रकाशित मिति : कार्तिक ५, २०७७ बुधबार

अमेरिकामा विद्यार्थी भिसामा आएर ओपीटी वर्क परमिटको दुरुपयोग गर्ने ११ भारतीयसहित १५ अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई पक्राउ गरिएको इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले जनाएको छ । ओपीटीमा जालसाजी रोक्न आइस र होमल्याण्ड सेक्युरिटीले संचालन गरेको अपरेशन अप्टीकल इलुजन अन्तरगत उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुलाई मासाचुसेट्स, वासिंटन डिसी, टेक्सास, फ्लोरिडा, न्युजर्सी, पेन्सिलभेनिया र टेनेसीबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा ११ जना भारतीय, २ जना लिबियन, एकजना सेनेगल र एकजना बंगालादेशका विद्यार्थी रहेका छन् । उनीहरुले हुँदै नभएको कम्पनीमा काम गरेको झुठो दावी गरेको जनाइएको छ ।

यसैबीच अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले ११ सयभन्दा धेरै अन्तर्राष्ट्रिय विद्यार्थीहरुको ओपीटी कार्यक्रम अन्तरगतको वर्क परमिट खारेज गर्ने भएको छ । उनीहरुको वर्क परमिट या त खारेज गरिने छ या त नविकरण गरिनेछैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ओपीटी कार्यक्रममाथिको कारवाही स्वरुप यो कदम चालिएको होमल्याण्ड सेक्युरिटीले बुधबार जनाएको छ । यो सातामात्र युएससीआईएसले ७ सय जना ओपीटी प्राप्तकर्ताहरुलाई पत्र पठाएर उनीहरुको वर्क परमिट खारेज गर्ने जनाएको छ ।

अरु ४ सय अन्तर्राष्ट्रिय विद्यार्थीहरुको ओपीटी अन्तरगतको वर्क परमिट नविरकण नगरिने जनाइएको छ । ओपीटी अन्तरगतको वर्क परमिटले अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई अमेरिकामा विद्यार्थी भिसामा रहँदा आफ्नो अध्ययनको क्षेत्रमा अस्थायी रुपमा काम गर्न अनुमति प्रदान गर्छ ।

अहिले अमेरिकामा २ लाख २० हजार भन्दा धेरै अन्तर्राष्ट्रिय विद्यार्थीहरु ओपीटी कार्यक्रममा रहेका छन् । तर होमल्याण्ड सेक्युरिटीले ११ सय जालसाजीमा संलग्न भएको निष्कर्ष निकालेको छ । उनीहरुले आफ्नो पढाईको क्षेत्रबाहेक अन्य काम गरेको जनाइएको छ । गत जनवरीदेखि ओपीटी कार्यक्रमको नियम उल्लंघन गर्ने विद्यार्थीहरुमाथि अनुसन्धान र छानविन सुरु गरिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com