कैयन अमेरिकी भिसा आवेदकले यात्रा, रोजगार र आवासको १५ बर्षको इतिहास बुझाउनुपर्ने नियम ल्याईदै


प्रकाशित मिति : कार्तिक ५, २०७७ बुधबार

अमेरिकी सरकरको विदेश मन्त्रालयले कैयन अमेरिकी भिसा आवेदकले १५ बर्षको इतिहास बुझाउनुपर्ने नियम ल्याउने तयारी गरेकोछ छ । त्यसका लागि व्यवस्थापन र बजेट अफिसको स्वीकृतिका लागि आज फेडरल रजिस्टरमा सुचना प्रकाशित गरिएको छ ।

यो सुचनामा ६० दिनको कमेन्ट अवधि राखिएको छ । यसबारे प्रतिकृया जनाउन चाहनेहरुले डिसेम्बर २१ सम्म जनाइसक्नुपर्नेछ । त्यसपछि अन्तिम नियम प्रकाशित गरिनेछ ।

अमेरिकाको गैर आप्रवासी वा आप्रवासी भिसाका लागि डीएस १६० वा २६० आवेदन दिएका आवेदकले अतिरिक्त विवरण बुझाउनुपर्ने भएमा डीएस ५५३५ भरेर बुझाउनुपर्नेछ ।

डीएस ५५३५ हेर्न यहाँ क्लीक गर्नुहोला ।

उक्त आवेदनमा १५ बर्षको यात्राको इतिहास र उक्त यात्राका लागि उपलब्ध फण्डबारे पनि विवरण खुलाउनुपर्नेछ । कुनै देशभित्रैको आतंकवादी नियन्त्रित क्षेत्रमा भ्रमण गरेको भएमा त्यसको विवरण पनि खुलाउनुपर्नेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै १५ बर्षको रोजगारको इतिहास र आवासीय इतिहास पनि खुलाउनुपर्नेछ ।

आफ्ना सबै पासपोर्ट नम्बरहरु, दाजुभाई दिदीबहिनीका नाम र जन्ममितिहरु, सबै छोराछोरीका नाम र जन्ममितिहरु, सबै दम्पत्ति वा पूर्व दम्पत्तिहरुका नाम र जन्ममितिहरु समेत उल्लेख गर्नुपर्नेछ ।

विगतमा डीएस ५५३५ फर्म भर्दा विगत ५ बर्षमा प्रयोग भएका सामाजिक सञ्जालहरुको विवरण, फोन नम्बर र ठेगानाहरु बुझाउनुपर्ने थियो । तर अब उक्त विवरणहरु डिएस १६० भिसा फर्ममा नै बुझाउनुपर्ने भएकाले उक्त विवरण डीएस ५५३५ फर्म भर्दा बुझाउनु पर्दैन ।

कुनै आवेदकको बारेमा थप जाँचबुझ गर्नुपरेमा मात्र डीएस ५५३५ फर्म भर्न लगाइने छ । सबै नियमित आवेदकहरुले भने यो फर्म भर्नु पर्दैन । थप प्रश्नहरु भएमा भिसा अधिकारीले अन्तरवार्ताका बेलामा समेत सोध्न सक्नेछन् ।

फेडरल रजिस्टरमा आज प्रकाशित सुचना यहाँ हेर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com