प्रवासी मञ्च अझ परिस्कृत हुने


प्रकाशित मिति : बैशाख १८, २०७४ सोमबार

न्यूयोर्क/प्रवासमा प्रवासी नेपालीका लागी परेको संस्था प्रवासी नेपाली मञ्चको नवनिर्वाचित टिमले न्यूयोर्क,क्वीनस्स्थित मालिंगो रेष्टुरेण्टमा आज न्यूयोर्कको नेपाली समुदायसंग एक परिचयात्मक कार्यक्रम गरेको छ ।

नेपालका राजनीतिक संगठनको भातृसंगठनको आरोप खेपिरहेको सन्दर्भमाअमेरिकामा रहेको नेपाली समाजका हितका खातिर कसरी काम गर्न सकिन्छ भन्ने सुझाव संकलन गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताइएको थियो ।
कार्यक्रममा न्यूयोर्कका समाजसेवी, प्रोफेसर, बुद्धिजीवि, वकिल, कुटनितिज्ञ, पत्रकार लगायत समाजका विभिन्न तह र तप्काका ब्यक्तित्वहरुको उपस्थिति थियो । उपस्थित अधिकांशले, संस्थाले भातृ संगठन जस्तो नभई साच्चिकै सामाजिक संस्थाको पहिचान दिलाउनका खातिर बढीभन्दा बढी सामाजिक हितका कार्यक्रमहरु गर्न सुझाव दिएका थिए ।

कार्यक्रममा महाबाणिज्यदुत पुष्प भट्टराई, समाजसेवी एवं प्रोफेसर तारा निरौला, वकिलद्धय दुर्गा भुर्तेल र बावुराम देवकोटा, मञ्चका पुर्वअध्यक्ष संजय थापा, सिता खरेल, पत्रकारहरु आङछिरिङ शेर्पा, विजय पौडेल, भूपेन्द्र थापा, प्रेमकुमारी घले लगायतले आआफ्नो सुझाव र धारणाहरु राख्नुभएको थियो ।

मञ्चका उपाध्यक्ष टेक गुरङको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै मञ्चका अध्यक्ष प्रभु थापाले विगतमा पनि मञ्चले समुदायका हितका लागी टिपिएस, नेपाल डे परेड, लगायतका थुप्रै जेन्युन कामहरु गरिए पनि प्रचारको कमी र राजनीतिक आखाँले मात्रै हेरिदिदा जस नपाएको गुनासो गर्नूभयो । आगामी दिनमा पनि सवैको सुझावलाई ग्रहण गर्दै अझै प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता थापाले व्यक्त गर्नुभयो । कार्यक्रम संञ्चालन मञ्चका महासचिव राधाकृष्ण देउजाले गर्नूभएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

 

 

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com