एकैपटक दुईवटा ‘टेलिभिजन शो’का साथ आउँदै कलाकार दिक्पाल


प्रकाशित मिति : कार्तिक ४, २०७७ मंगलबार

मोडल दिक्पाल कार्की ।

मोडलिङ क्षेत्रमा अन्तर्राष्ट्रिय उपाधीहरु जितेका र एकसयभन्दा धेरै म्युजिक भिडियोमा अभिनय गरिसकेका कलाकार दिक्पाल कार्की अब एकैपटक दुईवटा टेलिभिजन शोका साथ आउने भएका छन् । उनी टिभी टुडे एचडीमा ‘स्टायल इन सिटी’ र ‘कफी गफ’ कार्यक्रमका साथ आउन लागेका हुन् ।

‘स्टायल इन सिटी’ मोडलिङ र फेशनमा आधारित कार्यक्रम हुने र ‘कफी गफ’ हरेक दिन बेलुका ५ बजेदेखि ६ बजेसम्म प्रशारण हुने मनोरञ्जनात्मक कार्यक्रम रहेको दिक्पालले जानकारी दिए । कोरोना महामारीमा समेत म्युजिक भिडियो र कार्यक्रमहरुमा व्यस्त मोडल दिक्पाल कार्कीले टेलिभिजन शोमार्फत पनि दर्शकहरुको माया पाउने अपेक्षा गरेका छन् ।

दिक्पाल कोरोना महामारीको बेलामा समेत अत्यन्तै व्यस्त रहेका कलाकार हुन् । यो अवधिमा समेत एकदर्जन म्युजिक भिडियोहरु गरिसकेका छन् ।

सन् २००९ देखि मोडलिङ क्षेत्रमा लागेका दिक्पालले २०१८ मा म्यानमारमा सम्पन्न प्रतियोगितामा मिस्टर मोडल अफ द वल्र्डको उपाधी जितेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसको साथै दिक्पालले अरु तीनवटा टाइटल पनि जितेका थिए । मिस्टर किंग अफ क्याटवाक, मिस्टर मोडल चान लोन बेष्ट हेयर र मिस्टर मोडल बेष्ट इन फर्मल वेयरको टाइटल पनि उनले नै हातपारेका थिए ।

यसैगरी कार्कीले विभिन्न अन्तर्रा्ष्ट्रिय ब्राण्डहरुमा समेत मोडलिङ गरिसकेका छन् । उनले मिस्टर ग्राण्ड इन्टरनेशनल २०१७ मा सोसल मिडिया स्टार र पब्लिक च्वाइस अवार्ड जितेका थिए ।

एकसय भन्दा धेरै म्युजिक भिडियो र दुईवटा चलचित्रमा समेत अभिनय गरेका दिक्पाल मोडलिङको क्षेत्रबाट देशलाई अन्तराष्ट्रिय उपाधि जिताउनेमध्येका एक नेपाली हुन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com