बडादशैंको चौथो दिन: आज कुष्माण्डादेवीको पूजा तथा आराधना गरिँदै


प्रकाशित मिति : कार्तिक ३, २०७७ सोमबार

बडादशैं अन्तर्गत नवरात्रीको चौथो दिन मंगलबार कुष्माण्डादेवीको पूजा गरिदै छ । यस दिन काठमाण्डौंको दक्षिणकाली, भद्रकाली, मैतीदेवी, नक्साल भगवती तथा गोरखाको मनकामना, हेटौडाको चुरियामाइ र भुटनदेवी लगायतका शक्तिपीठहरुमा पूजा गर्ने चलन छ ।

तर यसपटक भने देशभरका शक्तिपीठहरु नित्यपूजाका लागि मात्र खुल्ला गरिएको छ । कोरोना भाइरसको संक्रमण फैलिने आशंकामा शक्तिपीठहरुमा भक्तजनहरुलाई निषेध गरिएको हो ।देवीको सूर्यमा वास भएपछि मात्र सूर्यको ऊर्जा पृथ्वीलोक तथा ब्रह्माण्डमा प्रसार भएको धार्मिक मान्यता छ। सूर्यको उष्ण शक्तिमा पनि विराजमान हुने शक्तिका कारण उनको नाम कूष्माण्डा रहेको मानिन्छ।

नवग्रहमध्ये कूष्माण्डा देवीलाई सूर्यको अधिष्ठात्री देवी मानिन्छ।सिंहिनीको आसनमा कूष्माण्डा देवी विराजमान हुन्छिन्। भारतीय उपमहाद्वीपमा उनको मूर्तिमा ८ हात देखाइन्छ। दायाँ हातमा क्रमशः कमण्डलु, धनुष, वाद र कमलको फूल हुन्छ भने बायाँ हातमा क्रमशः अमृत कलश, जपमाला, गदा र चक्र हुन्छ।

कूष्माण्डा देवीले क्षणभरमै ब्रह्माण्ड सृष्टि गर्न सक्ने शक्ति राख्छिन्, तसर्थ विशेषतः सिद्धि र निधिका लागि देवीको पूजा गरिन्छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com