ग्रिनकार्डका लागि आई १४० आवेदनमा शीघ्र प्रकृया शुल्क बृद्धि, सोमबारदेखि २५ सय डलर


प्रकाशित मिति : आश्विन ३०, २०७७ शुक्रबार

अमेरिकी सरकारको युएससीआईएसले अक्टोबर १९ देखि शीघ्र प्रकृया शुल्क १४४० डलरबाट बढाएर २५ सय डलर बनाउने भएको छ । रोजगारमा आधारित ग्रिनकार्ड आवेदन ईबी वान, टु र थ्रीका अन्तरगत आई १४० का लागि शीघ्र प्रकृया शुल्क बढाइएको हो ।

एचवान बी र आर वान भिसाका आई १२९ आवेदनबाहेक अन्य सबै शीघ्र प्रकृया आवेदनमा अब २५ सय डलर शुल्क लाग्ने भएको छ । एचवान बी र आर वान भिसाका आई १२९ आवेदनका सन्दर्भमा भने शीघ्र प्रकृया शुल्क १४४० डलरबाट बढाएर १५ सय डलर बनाइएको छ ।

आवेदनमा शीघ्र निर्णयका लागि आवेदनका साथमा आई ९०७ फर्म भर्न आवश्यक हुन्छ । सामान्यतया अतिरिक्त शुल्क तिरेका शीघ्र प्रकृयाका लागि अनुरोध गरिएका आवेदनमा युएससीआईएसले १५ दिनभित्र निर्णय दिने गर्छ । १५ दिनमा निर्णय दिन नसकेको खण्डमा भने युएससीआईएसले शीघ्र प्रकृया शुल्क फिर्ता गर्छ ।

अक्टोबर १९ र त्यसपछि पोष्टमार्क गरिएका शीघ्र प्रकृया अनुरोध आवेदनका सन्दर्भमा नयाँ शुल्क लागु हुनेछ । उपयुक्त शुल्क विना पठाइएका आवेदनहरु अस्वीकृत गरिने युएससीआईएसले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी संसदले अब आई १४० र आई १२९ आवेदनका साथमा अब विभिन्न भिसा थप्दा वा भिसाको स्टाटस बदल्दा भरिने आई ५३९ आवेदन र वर्क परमिटको आई ७६५ आवेदनमा समेत युएससीआईएसले शीघ्र प्रकृया अर्थात् प्रिमियम प्रोसेस अपनाउन सक्ने गरी मापदण्ड पारित गरेको हो । तर भिसा थप्दा वा भिसाको स्टाटस बदल्दा भरिने आई ५३९ आवेदन र वर्क परमिटको आई ७६५ आवेदनमा सन्दर्भमा शीघ्र प्रकृयाबारे पनि युएससीआईएसले सुचना प्रकाशित गर्ने अपेक्षा गरिएको छ ।

नयाँ मापदण्डले निश्चित आवेदनमा अतिरिक्त शुल्क तिरेर छिटो निर्णय गराउन सक्ने युएसीआईएसको कार्यक्रमलाई स्थायी रुपमा थप गरेको छ भने अतिरिक्त आवेदनमा समेत शीघ्र प्रकृया अपनाउन सकिने प्रावधान ल्याएको छ ।

त्यस्तै रोजगारमा आधारित ग्रिनकार्ड आवेदन ईबी वान, टु र थ्री अन्तरगत बहुराष्ट्यि मेनेजर, राष्ट्रिय चासोको छुट र चिकित्सकहरुका सन्दर्भमा पनि अब शीघ्र प्रकृया गर्न सकिने प्रावधान ल्याउन लागिएको छ । यसका लागि शीघ्र प्रकृया शुल्क बढीमा २५ सय डलरसम्म हुनेछ । शीघ्र पकृया शुल्क तिरेपछि यी आवेदनहरुमा युएससीआईएसले ४५ दिनभित्र निर्णय दिनेछ ।

एफ, जे र एम भिसामा स्टाटस परिवर्तन गर्दा वा भिसा थप गर्दा १७५० डलरसम्म शीघ्र प्रकृया शुल्क लिने प्रावधान ल्याइएको छ । शीघ्र प्रकृया शुल्क तिरेका आवेदनबारे युएससीआईएसले ३० दिनभित्र निर्णय दिनेछ । एफ, जे र एम भिसाका सन्दर्भमा कहिलेदेखि लागु हुने भन्नेबारे केही बताइएको छैन ।

त्यस्तै ई, एच, एल, ओ, पी र आरका डिपेन्डेन्टहरुका भिसा थप्दा वा स्टाटस परिवर्तन गर्दा १७५० डलरसम्म शीघ्र प्रकृया शुल्क लिने प्रावधान ल्याइएको छ । शीघ्र प्रकृया शुल्क तिरेका आवेदनबारे युएससीआईएसले ३० दिनभित्र निर्णय दिनेछ । यी भिसाका सन्दर्भमा कहिलेदेखि लागु हुने भन्नेबारे केही बताइएको छैन ।

वर्क परमिटको आवेदनमा समेत यो सुविधा ल्याइएको छ । वर्क परमिट आवेदनमा १७५० डलरसम्म शीघ्र प्रकृया शुल्क लिने प्रावधान ल्याइएको छ । शीघ्र प्रकृया शुल्क तिरेका आवेदनबारे युएससीआईएसले ३० दिनभित्र निर्णय दिनेछ । वर्क परमिटका सन्दर्भमा कहिलेदेखि लागु हुने भन्नेबारे केही बताइएको छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com