न्युयोर्कमा बेरोजगारी विमा रकम लिने टप ९ एसियनमा नेपाली, चालकको संख्या उल्लेख्य


प्रकाशित मिति : आश्विन २८, २०७७ बुधबार

– किशोर पन्थी

कोरोना महामारीपछि न्युयोर्कमा बेरोजगारी विमा रकम लिने टप ९ एसियनमा प्रतिशतका हिसाबले नेपाली अमेरिकनहरु समेत परेका छन् । न्युयोर्कमा कोरोनाको महामारीले काम गुमाएर बेरोजगारी विमा रकमका लागि आवेदन दिने एसियनमा सबैभन्दा धेरै बंगालादेशी, चाइनिज, इन्डियन, फिलिपिनो, इन्डियन, जापानिज, कोरियन, नेपाली, पाकिस्तानी र भियतनामीहरु रहेका छन् ।

न्युयोर्कमा रहेका नेपालीहरुमध्ये सबैभन्दा धेरै १७ प्रतिशत उबर र ट्याक्सी चालक लगायत यातायात क्षेत्रमा, १६ प्रतिशत रेष्टुरेण्ट लगायत फुड सर्भिसमा, १३ प्रतिशत खुद्रा बिक्रिमा, ५ प्रतिशत व्यक्तिगत र लण्ड्री सेवामा कार्यरत रहेको अमेरिकन एसियन कम्युनिटी सर्वेले जनाएको छ ।

न्युयोर्क डिपार्टमेन्ट अफ लेवरका अनुशार कोरोना महामारीपछि अप्रिल महिनामा बेरोजगारी विमा रकमका लागि फुड सर्भिसमा कार्यरतमध्ये ७२ दशमलव ५ प्रतिशत नेपालीहरुले काम गुमाएका कारण बेरोजगारी विमा रकमका लागि आवेदन दिए । मे महिनामा फुड सर्भिसमा कार्यरत केही नेपालीहरु काममा फर्केको देखिन्छ । जस अन्तरगत फुड सर्भिसमा कार्यरत नेपालीहरुमध्ये ६५ दशमलव ७ प्रतिशतमात्र बेरोजगारी विमा रकमका आवेदक थिए ।

त्यस्तै उबर, ट्याक्सी चालक लगायतका यातायातका क्षेत्रमा काम गर्ने कुल नेपालीहरुमध्ये ३५ दशमलव ९ प्रतिशतले अप्रिलमा काम गुमाएको भन्दै बेरोजगारी विमा रकमका लागि आवेदन दिएका थिए । यो संख्या मे महिनामा अझ बढेको थियो । उबर, ट्याक्सी चालक लगायतका यातायातका क्षेत्रमा काम गर्ने कुल नेपालीहरुमध्ये ४२ दशमलव ७ प्रतिशत मे महिनामा बेरोजगारी विमा रकमका आवेदक रहेको न्युयोर्क डिपार्टमेन्ट अफ लेवरले जनाएको छ ।

त्यस्तै खुद्रा ब्यापार क्षेत्रमा काम गर्ने कुल नेपालीहरुमध्ये २९ दशमलव ७ प्रतिशतले अप्रिलमा काम गुमाएको भन्दै बेरोजगारी विमा रकमका लागि आवेदन दिएका थिए । यो संख्या मे महिनामा केही कम भएको थियो । खुद्रा ब्यापार क्षेत्रमा काम गर्ने कुल नेपालीहरुमध्ये २३ दशमलव ७ प्रतिशत मे महिनामा बेरोजगारी विमा रकमका आवेदक रहेको न्युयोर्क डिपार्टमेन्ट अफ लेवरले जनाएको छ ।

यी बाहेक व्यक्तिगत र लण्ड्री सेवामा काम गर्ने कुल नेपालीहरुमध्ये ६२ दशमलव १ प्रतिशतले आफूले काम गुमाएको भन्दै बेरोजगारी विमा रकमका लागि अप्रिलमा आवेदन दिए । यो संख्या मे महिनामा भने केही कम भयो । व्यक्तिगत र लण्ड्री सेवामा काम गर्ने कुल नेपालीहरुमध्ये ५८ दशमलव १ प्रतिशत नेपालीहरु मे महिनामा बेरोजगारी विमा रकमका आवेदक रहेका थिए ।

तथ्यांक हेर्दा नेपालीहरुले सबैभन्दा धेरै फुड सर्भिसमा काम गर्नेहरुले, दोश्रोमा व्यक्तिगत र लण्ड्री सेवामा काम गर्नेहरुले र तेश्रोमा उबर तथा ट्याक्सी चालकहरुले काम गुमाएको देखिन्छ । बंगाली, चाइनिज, पाकिस्तानी, फिलिपिनो, जापानिजले पनि फुड सर्भिसमा काम गर्नेहरुले नै सबैभन्दा धेरै काम गुमाएको देखिन्छ । तर कोरियनले भने सबैभन्दा धेरै लण्ड्री सेवा र व्यक्तिगतमा काम गुमाएका छन् ।

न्युयोर्कमा बसोबास गर्ने नेपालीहरुमध्ये ५१ प्रतिशत नेपालीहरु फुड सर्भिस, गाडी चालक, लण्ड्री तथा व्यक्तिगत र खुद्रा ब्यापारमा कामदार रहेको तथ्यांकले देखाएको छ । यसबारेमा कोरियन अमेरिकन कम्युनिटी फाउण्डेशनले विस्तृत रिपोर्ट प्रकाशित गरेको छ ।

तथ्यांक अनुशार न्युयोर्कमा रहेका चाइनिज, बंगालीहरु अधिकांश फुड सर्भिसमा कार्यरत रहेका छन् भने फिलिपिनो र इन्डियनहरु अधिकांश स्वास्थ्य क्षेत्रमा  छन् । न्युयोर्कमा रहेका भियतनामी, जापानिज र कोरियनहरु अधिकांश पेशागत र विजनेश सर्भिसमा रहेका छन् । न्युयोर्कमा रहेका पाकिस्तानी र नेपालीहरु सबैभन्दा धेरै उबर, ट्याक्सी लगायत यातायात क्षेत्रमा रहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com