आइसको अनुरोधमा बढी समय जेलमा राखिएकाहरुलाई १४ मिलियन डलर क्षतिपूर्ति दिइने


प्रकाशित मिति : आश्विन २७, २०७७ मंगलबार

इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसको आग्रहमा रिहाहुने मितिपछि पनि जेलमा नै राखिएकाहरुलाई लस एन्जलस काउन्टीले १४ मिलियन डलर क्षतिपूर्ति दिने भएको छ । लस एन्जलस काउन्टीको प्रहरीले जेलमा रहेका व्यक्तिको पेन्डिङ अध्यागमन अवस्थाका आधारमा उनीहरुको रिहाको मिति पछि पनि जेलमै राखेको भन्दै अदालतमा मुद्दा दायर भएको थियो ।

सन् २०१० को अक्टोबरदेखि सन् २०१४ को जुनसम्म १८ हजार ५ सय भन्दा धेरैलाई आइसको अनुरोधमा गैरकानुनी रुपमा जेलभित्रै राखिएको थियो । उनीहरु यो रकमबाट क्षतिपूर्तिका लागि योग्य हुनसक्ने कानुनविदहरुले जनाएका छन् । प्रहरीले सन् २०१४ पछि भने आइसको अनुरोध स्वीकार्न रोकेको थियो ।

आइसका गैरकानुनी अनुरोधहरु आँखा चिम्लेर स्वीकार्ने कानुन कार्यान्वयन निकायहरुका लागि यो गतिलो सन्देश भएको अमेरिकाका अमेरिकन सिभिल लिबर्टी युनियनकी कानुन व्यवसायी जेनी पास्क्वेरलाले बताइन् । यसरी आइसको अनुरोधमा जेलमा राखिएकाहरु २५० डलरदेखि २५ हजार डलरसम्मका लागि योग्य हुने अमेरिकन सिभिल लिबर्टी युनियनले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कसले कति रकम पाउने भन्नेबारे भने कति लामो समय जेलमा राखिएको थियो भन्ने कुरामा निर्भर गर्छ । २५० डलरदेखि २५ हजार डलरसम्म बाँडेर बाँकी रहेको रकम एल एन्जलसमा अध्यागमन समस्या झेलिरहेकाहरुको सहायताका लागि खर्च गरिनेछ ।

सन् २०१८ मा संघीय न्यायाधिसले जेलमा कुनै पनि बन्दीलाई उनीहरुको सजाय सकिएपछि पनि इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टको आग्रहमा जेलभित्रै राख्नु चौथो संसोधन अधिकारको उल्लेघन रहेको निष्कर्ष निकालेका थिए । पर्यवेक्षण बोर्डले पारित गरेको १४ मिलियन डलर क्षतिपूर्ति दिने सहमतिमा न्यायाधिसले हस्ताक्षर गर्न भने बाँकी रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com