मजदुर दिवसमा ट्रम्प प्रशासनबिरुद्ध दशौं हजारको प्रदर्शन तयारी


प्रकाशित मिति : बैशाख १८, २०७४ सोमबार

मे दिवसको अवशरमा अमेरिकामा आप्रवासी र युनियन गु्रपहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पबिरुद्ध प्रदर्शन गर्ने भएका छन् । आप्रवासीहरुको देशनिकाला बढाउने ट्रम्पको प्रयासबिरुद्ध अमेरिकाका सहरहरुमा सोमबार प्रदर्शनको तयारी गरिएको हो ।

दशौं हजार आप्रवासीहरुले न्युयोर्क, शिकागो, शियाटल र लस एन्जलस लगायतका सहरहरुमा प्रदर्शनको तयारी गरिरहेका छन् । धेरै ठाउहरुमा अधिकारीहरुले अमेरिकी समुदायमा आप्रवासीहरुको महत्व दर्शाउन आप्रवासीहरुलाई काम, विद्यालय र किनमेलमा नजान समेत अनुरोध गरेका छन् ।

मे १ मा विश्वभर कामदारहरुको अधिकारका पक्षमा प्रदर्शन गर्ने परम्परा रहेपनि अमेरिकामा भने सन् २००६ देखि आप्रवासी अधिकारका पक्षमा प्रदर्शन गर्न थालिएको छ । यसपटक अमेरिकामा हुने प्रदर्शनमा मुस्लिम संगठनहरु, महिला अधिकारवादी संगठनहरु र अन्य संगठनहरुले समेत ऐक्यवद्धता जनाउने भएका छन् ।

डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेको १ सय दिन पुग्दा आप्रवासीबिरुद्धको रवैया कडा बनाउदै गएको सन्दर्भमा मार्च १ मा ट्रम्प प्रशासनबिरुद्ध प्रदर्शन हुन लागेको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com