KHASOKHAS ON GOOGLE NEWS Fact Checking Stories of Hope Resource Center Donate to Khasokhas KHASOKHAS MAGAZINE Terms of Service/Privacy Policy (English)

मेरिल्याण्डमा बैंक लुट्दा पक्राउ परेका सम्राट लामाबिरुद्ध तीन अभियोग, अधिकतम ५२ बर्ष जेल हुनसक्ने

प्रकाशित मिति : आश्विन २२, २०७७ बिहीबार

अमेरिकाको मेरिल्याण्डमा बैंक लुटपाट गर्दागर्दै पक्राउ परेका ३० बर्षीय सम्राट लामाबिरुद्ध तीनवटा अभियोग लगाइएको छ । उनलाई सशस्त्र लुटपाट, फस्ट डिग्री हमला र सेकेण्ड डिग्री हमलाको अभियोग लगाइएको छ । उनलाई नोभेम्बर १३ मा अदालतमा पेश गरिने भएको छ ।

सशस्त्र लुटपाटमा ६ देखि ३० बर्षसम्मको जेलसजाय हुनसक्ने प्रावधान रहेको छ भने फस्ट डिग्री हमलामा १५ बर्षसम्मको जेलसजाय हुनसक्ने प्रावधान छ । त्यस्तै सेकेण्ड डिग्री हमलामा ७ बर्षसम्मको जेलसजाय हुनसक्ने प्रावधान छ ।

गेथसबर्गमा बैंक लुटपाट गर्न लागेको अवस्थामा मोन्टगोमरी काउन्टी छैठौं डिस्ट्क्ट र गेथसबर्ग प्रहरी विभागका अधिकारीहरुले लामालाई पक्राउ गरेका हुन् ।

मंगलबार विहान १० बजेर २ मिनेट जाँदा बैंकका कर्मचारीले ९११ मा फोन गरेका थिए । कर्मचारीले ६०७ नर्थ फेडरिक एभिन्युमा रहेको वेल्स फार्गो बैंकमा लुटपाट भइरहेको जानकारी दिएका थिए ।

फोनकल प्राप्त भएको दुईमिनेटपछि नै प्रहरीहरु बैंकमा पुगेका थिए । त्यतीबेला लामा बैंकभित्रै रहेका थिए, भाग्न पाएका थिएनन् । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेर हिराशतमा लिएको हो ।

लुटपाटमा प्रयोग भएको हतियार ।

सुरुमा लामा बैंकमा प्रवेश गरेर आफूले बचत खाता खोल्न चाहेको कर्मचारीलाई बताएको अनुसन्धानबाट खुलेको छ । त्यसैबीचमा लामाले झोलाबाट चक्कु निकालेर कर्मचारीलाई ताकेका थिए । त्यसपछि उनले कर्मचारीलाई पैसा निकालेर फोहोर फयाक्ने झोलामा राख्न चेतावनी दिएका थिए ।

फोहोर फ्याक्ने झोला लामाले आफ्नै झोलाबाट निकालेर बैंकका कर्मचारीलाई दिएको अनुसन्धानबाट खुलेको छ । त्यसपछि लामा ड्राइभ थु्र टेलरसमक्ष पुगेर अरु धेरै रकम मागेका थिए । जब उनी बैंकको लबीमा फर्किए, तब प्रहरी अधिकारीहरु त्यहाँ आइसकेका थिए । त्यसपछि उनी प्रहरीको फन्दामा परे ।

लामालाई सेन्ट्रल प्रोसेसिङ युनिटमा स्थानान्तरण गरिएको जनाइएको छ । उनलाई हातहतियारसहित लुटपाटमा संलग्न भएको अभियोग लगाइएको छ भने कुनै जमानत समेत दिइएको छैन ।

लामा कुन देशका नागरिक हुन् भन्नेबारे केही खुलाइएको छैन । उनी कुन स्थानमा बस्दै आएका थिए भन्नेबारे पनि केही जानकारी प्राप्त भएको छैन ।

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral
Magazine Layout: Deel Gurung

Contact Us

© 2012-2020 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com