टोलमै शिक्षक पढाउन आउँदा विद्यार्थी दङ्ग !


प्रकाशित मिति : आश्विन २२, २०७७ बिहीबार

कोरोनाका कारण बन्द रहेको पठनपाठन सुचारु गर्न टोलमै शिक्षक आएर पढाउन थालेपछि विद्यार्थीहरु दङ्ग परेका छन् । लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीले सिकाइ बिर्सने जोखिम भएपछि दशरथ चन्द नगरपालिकाले सामुदायिक विद्यालयको सेवा क्षेत्रलाई टोलमा बाँडेर बालबालिकाको सिकाइ निरन्तरता दिएको हो ।

दशरथचन्द नगरपालिका मातहतका १६ माध्यामिक विद्यालय, १२ वटा आधारभूत विद्यालय, र २४ वटा आधारभूत (१–५) विद्यालयको सेवा क्षेत्रलाई टोल–टोलमा बाँडेर विद्यार्थीलाई पायक पर्ने स्थानमा जम्मा गरी पढाउन थालिएको छ ।

टोल–टोलमा विषय शिक्षक गएर पढाउन थालेपछि विद्यार्थी खुसी भएका छन् । ग्रामीण भेगका सामुदायिक विद्यालयको सेवा क्षेत्र सानो भएकोले एउटा बस्तीका विद्यार्थीहरु मात्र सो विद्यालयको सेवा क्षेत्र हुने भएकाले बस्तीलाई पनि टोल–टोलमा बाँडेर शिक्षक नै उपस्थित भई बालबालिकाको सिकाइ निरन्तरता दिइएको दशरथचन्द नगरपालिकाका शिक्षा संयोजक मोहन नाथले बताउनुभयो ।

लामो समयपछि साथीहरुसँग पढ्न पाउँदा खुसी लागेको दशरथचन्द नगरपालिका–९ को जोशीबुंगा माध्यमिक विद्यालय लामौतामा कक्षा १० मा अध्यनरत पारस धामीले बताउनुभयो । लामो समयपछि टोल–टोलमा गएर विद्यार्थीलाई शिक्षण गराउन पाउँदा खुसी लागेको शिक्षक रामचन्द्र जोशीले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सिकाइ निरन्तरताका लागि हरेक विद्यार्थीको हात–हातमा नयाँ पाठ्यपुस्तक पु¥याइएको छ । अबदेखि हरेक दिन एउटा विषयको शिक्षक एउटा टोलमा पुग्नेछन् । टोलमा रहेका सबै कक्षाका विद्यार्थी बढीमा २० जनासम्म जम्मा भएर पढाइने दशरथचन्द नगरपालिकाका शिक्षा शाखा संयोजक मोहन नाथले बताउनुभयो ।

“शिक्षकले बालबालिकालाई पढ्न लगाउने, गृहकार्य दिने र पढ्ने बानी बिर्सन नदिन यसो गरिएको हो” दशरथचन्द नगरपालिकाका शिक्षा शाखा संयोजक मोहन नाथले भन्नुभयो “९० प्रतिशत बढी शिक्षक स्थानीय भएकाले परिचालन गर्न सजिलो भएको छ ।” शिक्षकको जनशक्ति कम र विद्यालयमा विद्यार्थी संख्या भने धेरै भएकाले टोलमा अलि चौडा आँगन भएको मैदानमा जम्मा गरी सिकाइलाई निरन्तरता दिने प्रयास थालेको दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले बताउनुभयो ।गोरखापत्र

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com