उपराष्ट्रपति उम्मेदवारबीचको बहस: केन्द्रमा कोरोना महामारी, ट्रम्पको बचाउ गर्ने पेन्सको कडा प्रयास


प्रकाशित मिति : आश्विन २१, २०७७ बुधबार

अमेरिकाका उप राष्ट्रपति पदका उम्मेदवारहरुबीचको पहिलो र एकमात्र बहस सभ्य र शालिन तरिकाले सम्पन्न भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना संक्रमणपछिको उपराष्ट्रपति पदका उम्मेद्वारहरूको यो बहस महत्वपूर्ण बहस हो । पत्रकार सुजन पेजले बहस सञ्चालन गरेकी छिन् । ९० मिनेटको बहसलाई बिभिन्न मुद्दा र भागमा विभाजन गरिएको थियो ।

आजको बहसको केन्द्रमा कोरोना महामारी रह्यो भने माइक पेन्सले राष्ट्रपति ट्रम्पको बचाउ गर्न निकै समय खर्चे ।

सुजन पेजले बाइडेनले प्रशासनले ट्रम्प प्रशासनले गर्न नसकेको के गर्छ भनेर बहसका क्रममा प्रश्न सोध्दा कमला ह्यारिसले भनिन् -‘राष्ट्रपति ट्रम्पले कोरोना भाइरसलाई अफवाहको रूपमा वर्णन गरेका थिए। उनले यस महामारीका बारेमा कैयन महत्त्वपूर्ण जानकारी लुकाएका थिए । अझै पनि यसको सामना गर्न उनीसँग कुनै योजना छैन ।’

जवाफमा पेन्सले भने – ‘ट्रम्प सरकारले टास्क फोर्स बनायो र सबै आवश्यक कदम चाल्यो । राष्ट्रपति ट्रम्पले चीन र अमेरिका बीचका सबै उडानहरू रद्द गरे जब कि त्यतीबेला अमेरिकामा कोरोना संक्रमण ५ जनामा मात्र पुष्टी भएको थियो । त्यसबेला बाइेडनले उक्त निर्णयलाई अरु देशहरुलाई घृणा गर्ने विचारधाराबाट प्रभावित जेनोफोबिक निर्णय बताएका थिए ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कमला ह्यारिसले पेन्सका यी दाबीहरू झूठो भएको बताइन् । ट्रम्प प्रशासनको असफलताका कारण अमेरिकामा दुई लाख भन्दा बढीको ज्यान गएको उनले बताइन् ।

पेन्सले त्यसको प्रतिवाद गर्दै भने – ‘अमेरिकामा केहि पनि भएको छैन भन्नु त्यसका लागि कडा परिश्रम गर्ने अमेरिकाका सबै मानिसहरुको अपमान हो ।’

यदि ठोस कदम नचालेका भए अमेरिकामा २० लाखको ज्यान जाने पेन्सले बताए ।

सुसन पेजले व्हाइट हाउसमा गरिएको एउटा समारोहको बारेमा पनि प्रश्न उठाइन् । उक्त समारोहबाट ह्वाइट हाउसमा कोरोना फैलिएको बताइदै आएको छ । तर पेन्सले उक्त समारोहमा सबै सावधानी अपनाइएको दावी गरे ।

कमला ह्यारिसले जनताले ट्रम्पको प्रशासनको विश्वास नगर्ने भएकाले भ्याक्सिन आएपनि उनीहरुले नलिने बताइन् । तर पेन्सले जनताको जीवनको बारेमा कुनै राजनीति गर्न नहुने बताउँदै यो खोपलाई विश्वास नगर्नु गलत रहेको बताए ।

दुबै उम्मेदवारहरू स्वास्थ्यसम्बन्धि रेकर्डहरु सार्वजनिक गर्न तयार छन् ? भन्ने प्रश्नमा कमला ह्यारिसले भनिन् – ‘उनी स्वास्थ्य र कर सम्बन्धी सबै कागजातहरू सार्वजनिक गर्ने पक्षमा छिन्।’

ट्रम्पमा अमेरिकी इतिहासका आफ्नो ट्याक्स रिटर्नको रेकर्ड सार्वजनिक नगर्ने पहिलो राष्ट्रपति भएको ह्यारिसले बताइन् ।

ह्यारिसले भनिन् – ‘जब मैले सुने कि ट्रम्पले ७५० डलरमात्रै कर तिरे । मैले साढे ७ लाख डलर तिरेका होलान् भन्ने ठानें । तर साढे ७ सय नै रहेछ ।’

पेन्सले भने – ‘राष्ट्रपति ट्रम्पले हजारौंलाई रोजगारी दिएका छन् । उनको आम्दानी सम्बन्धी सबै जानकारीहरू सार्वजनिक रुपमा उपलब्ध छन्।’

बाइडेलने अमेरिकी जनताको स्वास्थ्यका लागि ओबामासँगै मिलेर ओबामा केयरको नीति ल्याएको ह्यारिसले बताउँदा पेन्सले त्यसलाई नराम्रो नीतिको रूपमा वर्णन गरे ।

दुबै उम्मेदवारलाई चीनको बारेमा राय माग्दा माइक पेन्सले भने – ‘चीन कोरोना महामारीको लागि जिम्मेवार छ किनकि यसले विश्वसँग सम्बन्धित जानकारी लुकायो। ट्रम्प चीनको अगाडि उभिए।उनले चीनको भ्रमणमा रोक लगाए । तर जो बाइडेनले यही निर्णयको विरोध गरे।’

कमला ह्यारिसले भनिन् -‘अमेरिकाको चीनसँगको सम्बन्ध बिग्रिएको कारण नै धेरै मानिसहरूहरुले ज्यान गुमाउनुपर्यो । ट्रम्पको चीनप्रतिको नीतिले जनताको रोजगारी गुमाए । किसानहरू टाट पल्टिए ।’

उनले भनिन् -‘ट्रम्पले चीनसँगको व्यापार युद्ध हारिसकेका छन् । हाम्रा सहयोगी देशका नेताहरुले ट्रम्पमाथि भन्दा शी जिनपिंगमाथि भरोसा भएको बताउन थालेका छन् ।’

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com