उपराष्ट्रपति उम्मेदवार माइक पेन्स र कमला ह्यारिसबीचको बहस केहीबेरमा, यसरी हेर्नुहोस् लाइभ


प्रकाशित मिति : आश्विन २१, २०७७ बुधबार

अमेरिकाको राष्ट्रपति चुनाव आउन २७ दिन बाँकी रहँदा अहिले केहीबेरमा युटाहको साल्टलेक सिटीमा उपराष्ट्रपतिका उम्मेदवारहरु माइक पेन्स र कमला ह्यारिसबीचको पहिलो र एकमात्र बहस सुरु हुँदैछ । बहसमा कमला ह्यारिसले ट्रम्पका रेकर्डहरुलाई फोकस गर्ने जनाइएको छ । साथै पेन्सले कोरोना महामारीबारे कैयन प्रश्नहरुको सामना गर्ने अपेक्षा गरिएको छ ।

स्वास्थ्यको विषयलाई ध्यानमा राखेर बहसमा पेन्स र ह्यारिसबीच काँचको पर्दा राखिएको छ । स्वास्थयविदहरुले बहस रद्द गर्न वा भर्चुअल रुपमा राख्न आव्हान गरेपनि बीचमा काँचको पर्दा राखेर बहस संचालन गरिदैछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका निकटस्थ गरी दर्जन बढीलाई कोरोना संक्रमण पुष्टी भइसकेको अवस्थामा कोरोनाको महामारीका कारण संक्रमण फैलिन नदिन बहसमा काँचको पर्दा राखिएको हो ।

कमला ह्यारिस र माइक पेन्सबीचको यो बहस नोभेम्बर ३ अगाडिको पहिलो र एउटामात्रै हो । युएसए टुडेकी वासिंटन ब्यूरो प्रमुख सुजन पेजले बहसको संचालन गर्दैछिन् भने अमेरिकामा मुख्य सबै संचारमाध्यमले बहस प्रशारण गर्दैछन् । बहस न्युयोर्क समय अनुशार राती ९ बजेदेखि साढे १० बजेसम्म संचालन हुनेछ ।

त्यसपछि अक्टोबर १५ र २२ मा राष्ट्रपतिका उम्मेदवारहरु डोनाल्ड ट्रम्प र जो बाइडेनबीच दुईवटा बहसहरु हुनेछन् । बाइडेन र ट्रम्पबीच एउटा बहस भने सम्पन्न भइसकेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com