अमेरिकी कामदार भिसामा कडाई गर्ने नयाँ नियम भोलि फेडरल रजिस्टरमा, डिसेम्बर ७ बाट लागु हुने


प्रकाशित मिति : आश्विन २१, २०७७ बुधबार

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले कामदार भिसा एचवान बीमा अझ कडाई गर्ने अन्तरिम अन्तिम नियम भोलि फेडरल रजिस्टरमा प्रकाशित हुने भएको छ ।  यो नियम अन्तरिम अन्तिम नियम भएकाले फेडरल रजिस्टरमा प्रकाशित भएको मितिले ६० दिनमा सिधै कार्यान्वयन हुनेछ । अर्थात् डिसेम्बर ७ पछि यो नियम कार्यान्वयनमा आउनेछ । नियम १४७ पेजको रहेको छ ।

नियमको पूर्ण पाठ पढ्न यहाँ क्लीक गर्नुहोला ।

पहिलो, यो नियमले विशेष पेशाहरुको परिभाषालाई अझ साँगुरो बनाएको छ । कम्पनीहरुले विशेष पेशाको ब्यापक परिभाषाको दुरुपयोग गरेर प्रणालीको दुरुपयोग गरेको ठहर गर्दै उक्त परिभाषालाई साँगुरो बनाइएको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ ।

दोश्रो, नयाँ नियम अनुशार रोजगारदाताले वास्तविक कामदारहरुलाई वास्तविक कामको अफर गर्नुपर्नेछ । जसले अमेरिकी कामदारको विस्थापनमा रोकथाम हुने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको भनाई छ । विगतमा यसो नगरी कम्पनीहरुले छिद्रहरुको प्रयोग गरेर प्रणालीको दुरुपयोग गरेको सरकारी ठहर छ ।

तेश्रो, एचवान बी कामदार भिसाको आवेदन अगाडि, आवेदनको दौरान र आवेदन स्वीकृत भइसकेपछि पनि कार्यस्थलको निरिक्षण र अनुगमन गर्न सरकारको क्षमता अझ बढाउने गरी नयाँ नियम ल्याउन लागिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नयाँ नियम अनुशार थर्डपार्टी कार्यस्थलमा लगाइएका कामदारहरुको भिसाको अवधि एकबर्षमा सिमित गरिनेछ । यो नियम लागु भइसकेपछि कामदार भिसाका मापदण्डहरु अझ कठिनहुने कानुनविदहरुले बताएका छन् ।

यसैबीच अमेरिकी सरकारको डिपार्टमेन्ट अफ लेवरले पनि कामदार भिसा एचवान बीका कामदारहरुलाई रोजगारदाताले दिनुपर्ने तलबको बढाउनुपर्ने नियम अगाडि सारेको छ । बढी तलब दिनुपर्ने भएपछि अमेरिकन कामदारहरु विस्थापित हुनबाट रोक लाग्ने ट्रम्प प्रशासनको विश्वास रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com