अक्टोबर १३ देखि बुबाआमा र हजुरबुबाआमालाई क्यानडाको पीआर स्पोन्सर खुल्ला


प्रकाशित मिति : आश्विन २०, २०७७ मंगलबार

लामो ढिलाईपछि क्यानडाको अध्यागमन, शरणार्थी र नागरिकता मन्त्रालयले बुबाआमा र हजुरबुबाआमालाई क्यानडाको पीआर स्पोन्सर गर्न चाहनेहरुका लागि आवेदन खोल्ने भएको छ । सन् २०२० को यो कार्यक्रम तीनसाताका लागिमात्र खोलिने जनाइएको छ ।

पूर्वीय समय अनुशार अक्टोबर १३ को दिउसो १२ बजेदेखि आवेदन दिन सकिने भएको छ । यो कार्यक्रम मार्फत क्यानडाको नागरिकता लिइसकेकाहरु र पीआर भएकाहरुले आफ्ना बुबाआमा वा हजुरबुबाआमालाई क्यानडाको पीआरका लागि स्पोन्सर गर्नसक्नेछन् ।

स्पोन्सर गर्न चाहनेहरुले अक्टोबर १३ पछि आफूले स्पोन्सरका लागि न्यूनतम आम्दानीको मापदण्ड पूरा गरेको सुनिश्चित गर्दै स्पोन्सर गर्न चाहेको फर्म बुझाउनुपर्छ । त्यसपछि उनीहरुले आवेदन दिनका लागि सरकारका तर्फबाट निम्तापत्र प्राप्त गर्न सक्नेछन् । स्पोन्सर गर्न चाहनेहरुले नोभेम्बर ३ को पूर्वीय समय अनुशार दिउसो १२ बजेसम्म आवेदन दिइसक्नुपर्नेछ ।

अक्टोबर १३ पछि फर्म भर्न यहाँ क्लीक गर्नुहोला ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

समयअवधि सकिएपछि क्यानडाको आईआरसीसीले सम्भावित स्पोन्सरहरुलाई पूर्ण आवेदनका लागि सुचित गर्नेछ । स्पोन्सर गर्नका लागि १० हजारसम्मको सिमाबन्दी रहेकाले अक्टोबर १३ पछि यथाशीघ्र आवेदन दिन सुझाव दिइएको छ । छानिएका स्पोन्सरहरुलाई पूर्ण आवेदन दिनका लागि ६० दिनको अवधि दिइनेछ ।

आईआरसीसीले स्पोन्सरका लागि हुनुपर्ने न्यूनतम आम्दानीको मापदण्ड घटाएको छ । कोरोनाको महामारीका कारण आर्थिक प्रभाव परेकाले विगतको तुलनामा आम्दानीको मापदण्ड घटाइएको हो ।

कतिजनालाई स्पोन्सर गर्न कति आम्दानी आवश्यक छ ? थाहा पाउनुहोस् ।

सन् २०१९ मा क्यानडाको सरकारले बुबाआमा र हजुरबुबाआमालाई क्यानडाको पीआरका लागि २० हजार आवेदन स्वीकार गरेको थियो । तर यो बर्ष भने कोरोनाको महामारीका कारण साधनश्रोतको अभाव भएको भन्दै गतबर्षको तुलनामा आधा संख्यामा आवेदन स्वीकार गर्ने भएको छ । तर सन् २०२१ मा भने ३० हजार आवेदन स्वीकार गर्ने जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com