प्रधान न्यायाधिशमाथिको महाअभियोग लोकतन्त्रकै उपहास


प्रकाशित मिति : बैशाख १७, २०७४ आईतबार

रबीन्द्र मिश्र नेतृत्वको साझा पार्टी नेपालले प्रधान न्यायाधिसमाथिको महाअभियोग लोकतन्त्रको उपहास भएको जनाएको छ । प्रधान न्यायाधीश सुशीला कार्की विरुद्ध नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र आबद्ध सांसदद्वारा संसदमा महाअभियोग प्रस्ताव दर्ता गरिनु लोकतन्त्रकै उपहास भएको साझा पार्टीको ठहर छ।

वक्तब्यमा भनिएको छ – “न्यायालयको स्वतन्त्रता लोकतन्त्रिक पद्धतिको आधारशिला हो। न्यायालयको स्वतन्त्रतामाथि प्रहार गरी प्रतिशोधात्मकरुपमा महाअभियोग लगाउनु लोकतन्त्र, संविधानवाद, विधिको शासन, शक्ति पृथकिकरण र नागरिक अधिकारलाई नै खतरामा पार्नु हो।”

“आफ्नो निहित स्वार्थ पूर्तिका लागि महाअभियोगसम्बन्धी संवैधानिक व्यवस्थाको दुरुपयोग गरिनु दुर्भाग्यपूर्ण घटना हो भन्नेमा कुनै शंकै छैन। लोकतन्त्रका आधारशीलाहरु भत्काउने कार्यले अन्ततः देशलाई प्रतिगमनको दिशामा डोर्याउने छ। यस्तो कार्यको सम्पूर्ण नागरिक समाज र सर्वसाधारणबाट पनि घोर भत्सर्ना हुने नै छ।” – वक्तब्यमा भनिएको छ ।

न्यायापालिकाको स्वतन्त्रता र गरिमालाई अक्ष्क्षुण राख्न महाअभियोगको प्रस्ताव तत्काल फिर्ता लिन साझा पार्टीले आग्रह गरेको छ । वक्तब्यमा भनिएको छ – “यस्तो कार्यबाट लोकतन्त्र न त संस्थागत हुन सक्छ न त त्यसले देशलाई स्थिरता र विकासको बाटोमा नै अगाडि बढाउन सक्छ।”

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com