कार्यसम्पादन मुल्यांकनको आधारमा सिलवाल पहिलो नम्बरमा रहेको सर्वोच्चको फैसला
प्रकाशित मिति : बैशाख १७, २०७४ आईतबार
सर्वोच्च अदालतले कार्यसम्पादन मुल्यांकनको आधारमा डिआईजी नवराज सिलवाल नै उत्कृष्ट भएको फैसला गरेको छ ।
गत चैत ८ गते सर्वोच्चको वृहद् पुर्ण इजलाशले गरेको फैसलाको पुर्ण पाठमा चार आर्थिक बर्षको कार्यसम्पादन मुल्यांकनमा नवराज सिलवालको नम्बर सवैभन्दा बढी देखिएको उल्लेख गरिएको छ ।
सर्वोच्चले आईतबार सार्वजनिक गरेको वृहद पुर्ण ईजलाशको फैसलामा प्रहरी नियमावली २०७१ को नियम ३१ बमोजिम भएको आव २०६९/७० देखी २०७२/७३ सम्म चार बर्षको कार्यसम्पादन मुल्यांकनमा कुन औषत अंक सवैभन्दा बढी नवराज सिलवालको, दोस्रोमा प्रकाश अर्यालले, तेस्रोमा बम बहादुर भण्डारीले र चौंथोमा जयबहादुर चन्दले प्राप्त गरेको तथ्य सरकारको सम्बद्ध निकायबाट विवादको सुनुवाईका क्रममा उपलब्ध गराईएको कार्य सम्पादन मुल्यांकन फारामको सक्कल प्रतिबाट देखिन आएको जनाइएको छ ।
सर्वोच्चको फैसलाको पुर्ण पाठ आउनुअघी नै गत चैत २८ गते सरकारले प्रकाश अर्यालको नम्बर सवैभन्दा बढी देखिएको भन्दै उनैलाई प्रहरी प्रमुख नियुक्त गरिसकेको छ ।